वीरगंजका मेयर विजयकुमार सरावगी कोरोना संक्रमण मुक्त
वि.सं.२०७७ भदौ ८ सोमवार १४:५२
1.7K
shares
काठमाडौं: वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले २५ दिनपछि कोरोना संक्रमणलाई जितेका छन् ।
कोरोना भाईरसको संक्रमण भई होम आइसोलेसनमा बस्दै आएका सरावगीको आइतवार नारायणी अस्पतालमा भएको स्वाब परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
सरावगीको बुवा, आमा पत्नीलगायत वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, सामाजिक विकास महाशाखा प्रमुख अरुणकुमार महतोलगायत अधिकांश कर्मचारी एवं चार वटा वडाका वडा अध्यक्ष कोरोना संक्रमित भएका थिए।
वि.सं.२०७७ भदौ ८ सोमवार १४:५२




















