सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन्सबीच सम्झौता
वि.सं.२०७७ भदौ ५ शुक्रवार ११:३८
1.4K
shares
काठमाडौं: सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन्सबिच व्यावसायिक सम्झौता भएको छ । बैंकले सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ उक्त सम्झौता गरेको हो ।
सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेश राज महर्जन र ३६० ट्रान्सपोर्ट सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
३६० ट्रान्सपोर्ट सोलुसन्स् अन्तर्गत सञ्चालनमा रहेको यातायातका साधनमा निकट भविष्यमा बैंकको पीओएस मेसिन जडान गरिने र यात्रुहरुले स्मार्ट प्रिपेड कार्ड प्रयोग गरि पीओएस मार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन् ।
भुक्तानी गर्न प्रयोग गरिने स्मार्ट प्रिपेड कार्ड सार्वजनिक यातायात तथा बैंकका शाखाहरुबाट खरिद र लोड गर्न सकिनेछ ।
बैंकको यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप डिजिटलाइजेसनको तर्फ क्रेन्द्रित रहेको र यस सेवाबाट नगद रहित कारोबारको उपयोग बढ्नुका साथै यात्रुहरुले केहि हदसम्म बस भाडा भुक्तानी गर्न सहज हने बैंकको विश्वास छ ।
वि.सं.२०७७ भदौ ५ शुक्रवार ११:३८




















