YouTube Link

जीवनगीत गाउँमै छ साइला

Facebook Link

कविता गाउमै छ साइला
गाउँमै छ सुसज्जित दुलही र उग्रचण्डी काली
तिमीलाई इश्वरप्रती विश्वास भए इश्वर पनि गाउँमै छ
खेत खलियान जीवन गाउँमै त छ ।

तिमीले फेरिरहेको श्वास
मैले पठाएको हुँ वतासको साथ लाएर
हरेक बिहान उदाउने घामको उज्यालो
यतै गाउँको स्पर्श बोकेर पुगेको हो तिमीसम्म ।
केही नभए जस्तो लागे पनि
सबथोक गाउँमै त छ साइला ।

गाउँमै छ हृदयस्पर्शी कथाहरु
कथाभित्रका यथार्थहरु बोकेर
हरेक बिहान मुस्कुराउँछ गाउँ
चिरबिराउछन् चराहरु, सुसेल्छन् ठिटाहरु ।

गाउँमै छ चरम आनन्द
थकान बिसाउन रोधी गाउने गाउँमै हो
च्याब्रुङको तालमा पिरती लाउने गाउँमै हो
चराहरुको लय टिपेर बुनेको सिलोक गाउँमै छ साइला ।

गाउँमै छ तिमीले भन्दै हिँडेको पहिचान
तिमीले गाउँदै हिँडेको सभ्यता
तिमी गाउँ फर्क साइला
गाउँमै छ स्वाभिमानको पहाड ।

गाउँमै हो पधेँरामा ठिटीहरु खित्काउने
चराहरुले बचेरा कोरल्ने
गाउँमै त हो गुराँससङ्गै कयौं जोवान फुल्ने
हो साइला गाउमै छ जीवनको इन्द्रेणी ।

गाउँमै छ साइला
तिमीले लेख्ने कविताका तहतह पङ्तिहरु
गीतको स्थायी र अन्तरा
उपन्यासका अध्यायहरु
गाउँमै छ तिमीले बोल्ने भाषा
मादलको धिन्ताङ र मालश्रीको भाका
सोइ ढोले सोइ साकेलाको सिली
दुखमा तिमीसँगै रोइदिने पहाड,नदी, रुख, चरा, जीवहरु
सुखमा तिमीसङ्गै मुस्कुराउने फूल, जुन, बतास
यी सप्पै गाउँमै त छ
मिठो जीवनगीत गाउँमै छ साइला ।

कति उचाल्छौ थेग्न नसक्ने भारी ?
कति नापिरहन्छौ टेक्न नसक्ने भुइँ ?
भो उतै छोडेर आउ उराठ यी कहरहरु
गाउँ फर्केर आउ साइला
बाहिर निकाल्नु छ केटाकेटीहरुलाई
टेलिभिजन र युटुबको बन्द कोठाबाट
सिकाउनु छ भित्ते, खुट्टे, गिर र डन्डीबियो
गाउनुछ कोक्पाहरुसँगै सिलोक
बजाउनु छ बिनायो
जीवनको मीठो लय गाउँमै छ साइला ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...