ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङ्गको बेसीशहरमा
वि.सं.२०७७ भदौ ३ बुधवार १५:४९
1.7K
shares
काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडले २०७७ भाद्र १ सोमबार लमजुङ्ग, बेसीशहर स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बैंकको ४१औँ एक्सटेन्सन काउण्टरको उद्घाटन, लमजुङ्गका प्रमुख भगवान प्रसाद उप्रेती र भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहरका प्रमुख केशव प्रसाद पौडेलले संयुक्त रुपमा गर्नुभएको थियो ।
बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहर अन्तर्गतका सेवाग्राही लगायत अन्य सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरिएको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २ सय ५९ शाखा सञ्जाल सहित २ सय ३४ एटिएम, ४१एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय १८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।
वि.सं.२०७७ भदौ ३ बुधवार १५:४९




















