ग्लोबल आइएमई बैंकद्वारा कल सेन्टरको सुरुवात
वि.सं.२०७७ भदौ २ मंगलवार १७:२२
1.4K
shares
काठमाडौं: ग्लोबल आइएमई बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले एक द्वार प्रणाली अनुरुप ग्लोबल कनेक्ट नामक कल सेन्टरको सुरुवात गरेको छ ।
ग्लोबल कनेक्टले अहिलेको डिजिटल युगको आवश्यकता अनुसार बैंकका ग्राहकहरुको मागलाई सम्बोधन गर्ने बैंकले जनाएको छ ।
ग्लोबल कनेक्टमार्फत ग्राहकहरुले सुरुवाती चरणमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरीआफ्ना विभिन्नजिज्ञाशाहरुको समाधान, गुनासो, सूचना, तथा सुझावका लागी सम्पर्क गर्न सक्नुहुनेछ ।
ग्राहकहरुले +९७७–१–५९७०६०० मा फोन गरीग्लोबल कनेक्टमार्फत बैंकको विभिन्न सेवासम्बन्धी जानकारी हासिल गर्न सक्नुहुनेछ । ग्लोबल कनेक्टको सुरुवातले आफ्ना सेवाग्राहीहरुलाई थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ ।
बैंकले २ सय ३४ एटिएम, ४१ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय १८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।
वि.सं.२०७७ भदौ २ मंगलवार १७:२२




















