Texas College
YouTube Link

नेपाल पर्यटन बोर्डद्वारा ८२ करोडको बजेट विनियोजन

Facebook Link

काठमाडौं: नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्ष २०७७/७८ का लागि करीब रु ८२ करोडको बजेट विनियोजन गरेको छ ।

नेपाल पर्यटन बोर्डको गत सोमबार बसेको सञ्चालक समितिको बैठकले अध्ययन-अनुसन्धान, ‘डिजिटल मार्केटिङ’ र आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर चालू आवको बजेट पारित गरेको छ ।

विश्वभर फेलिएको कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण पर्याप्त स्रोतको अभावमा यस पटकको बजेट मुस्किलले रु ८२ करोड विनियोजन गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ)धनञ्जय रेग्मीले बताए ।

नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनमा केन्द्रित बोर्डको गत आवको बजेट रु एक अर्ब ६३ करोड थियो । कोभिड–१९ महामारीका कारण पर्यटक आवागमन ठप्प भई आम्दानीको स्रोतको अभावमा बोर्डको बजेटमा भारी कटौती भएको छ ।

बोर्डले यस वर्षको बजेटले आन्तरिक पर्यटन प्रवद्र्धनका साथै नेपालको छोटो दूरीका मुख्य पर्यटकीय स्रोत बजार भारत र चीनमा पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकतमा राखेर बजेट ल्याइएको छ ।

बोर्डको प्रमुख आय स्रोत ट्रेकिङमा जाने पर्यटकबाट उठ्ने रकम तथा पर्यटकबाट लिइने टुरिज्म सर्भिस फी (टिएसएफ) दुवै अहिले पर्यटक आगमन बन्द हुँदा प्रभावित भएको छ ।

यस्तै बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को संयुक्त खातामा रहेको पदयात्री सूचना व्यवस्थापन प्रणाली बापतको रु १५ करोड, नेपाल भ्रमण वर्षका लागि मन्त्रालयबाट प्राप्त हुने रु ६ करोड, एअर एसियाबाट प्राप्त हुनुपर्ने रु ५ करोड, युएनडिपीबाट प्राप्त हुने करीब डेढ करोड रुपैयाँ र अन्य सञ्चित कोषको रकमबाट बजेट निर्माण गरिएको बोर्ड सदस्यले बताए ।

यस्तै बिबिसी, सिएनएन जस्ता विदेशी मिडियामा प्रचारप्रसारका लागि बोर्डले बजेट व्यवस्था गरेको छ । प्रविधिको प्रयोग गरी पर्यटन प्रवद्र्धन गर्नुका साथै पर्यटनबाट रोजगारी गुमाएका केहीका लागि अल्पकालीन रोजगारी सिर्जना गर्नेलगायत कार्यक्रम बजेटले समेटेको छ ।

यसका लागि टिम्सअन्तर्गतको कल्याणकारी कोषको करीब रु दुई करोड रकमबाट पर्यटन, श्रमिकलाई व्याज अनुदान दिइने, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि डिजिटल तथा अनलाइन प्रचारप्रसार जस्ता कार्य गरिने जनाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...