जुगल पहिरोमा पुरिएका मध्ये १९ जनाको शव झिकियो
वि.सं.२०७७ साउन ३२ आइतवार १३:५४
1.9K
shares
काठमाडौं: सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा गत शुक्रबार गएको पहिरोमा पुरिएका मध्ये १९ जनाको शव झिकिएको छ ।
पहिरोमा पुरिएकामध्ये हालसम्म ४ जना महिला, ३ जना पुरुष, ५ जना बालिका र ७ जना बालक गरि जम्मा १९ जनाको शव फेला परेको र अझै २० जना बेपत्ताको खोजी कार्य जारी राखेको नेपाली सेनाले जनाएको छ ।
लिदीमा गत शुक्रबार बिहान ६:३० बजे पहिरो जादा ३७ घर पुरेको थियो । पहिरो गएपछि सेनाको गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय बासिन्दा र अन्य निकायहरुको सहयोगमा उद्धार तथा खोज कार्य शुरू गरेको थियो।
साउन ३० र ३१ गते नेपाली सेनाको एमआई–१७ हेलिकप्टरद्वारा खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामाग्री ढुवानी गरी उक्त स्थानमा पुर्याइएको सेनाले जनाएको छ ।
नेपाली सेनाका ४७ जना सहित स्थानीय प्रशासन, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायसँग निरन्तर समन्वय र सहकार्य गरी खोज तथा उद्धार कार्यमा खटिएको सेनाले जनाएको छ।
वि.सं.२०७७ साउन ३२ आइतवार १३:५४




















