एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त गाभिने
वि.सं.२०७७ साउन ३२ आइतवार १३:०९
1.3K
shares
काठमाडौं: एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त एक आपसमा गाभिने समझदारी भएको छ।
यी दुई कम्पनी मर्जरमा जानका लागि आइतबार समझदारी पत्रमा हस्ताक्षर भएसंगै मर्जर प्रक्रिया पूरा नहुन्जेलसम्मका लागि दुवै वित्तीय संस्थाको दोस्रो बजारमा कारोबार रोक्का भएको छ।
सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको स्वदेशी लघुवित्त र जाजरकोटको भेरी नगरपालिकास्थित एनआईसी एशिया लघुवित्त एक आपसमा गाभिन लागेका हुन्।
एनआईसी एशिया लघुवित्तको साधारण सेयर बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ४८ करोड पुगेको छ । स्वदेशी लघुवित्तको चुक्ता पुँजी २७ करोड ६० लाख रुपैयाँ छ । मर्जरपछि यी दुईको संयुक्त चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ।
गत आवको अन्त्यसम्ममा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १९ करोड ६४ लाख आम्दानी गरेको छ भने स्वदेशी लघुवित्तले २ करोड ५२ लाख नाफा कमाएको छ।
वि.सं.२०७७ साउन ३२ आइतवार १३:०९




















