केपी शर्मा ओली र नरेन्द्र मोदीबीच फोनवार्ता
वि.सं.२०७७ साउन ३१ शनिवार १६:०५
2K
shares
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ।
प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई भारतको ७४औँ स्वतन्त्रता दिवसको शुभकामना दिनु भएको छ ।
ओली र मोदीबीच कोरोना नियन्त्रणमा मिलेर जाने विषयमा कुराकानी भएको र मोदीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको श्रोतले जनाएको छ।
कुराकानीको क्रममा भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्यालाई मिलाएर अघि बढ्नुपर्ने संकेत गरेको श्रोतले जनाएको छ ।
वि.सं.२०७७ साउन ३१ शनिवार १६:०५



















