YouTube Link

पाँच दिनमा बन्यो १२० श्ययाको आइसोलेसन वार्ड

World Cup 2026
Facebook Link

 

काठमाडौं: वाग्मती प्रदेश मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालले पाँच दिनमा १ सय २० शैयाको सुविधा सम्पन्न आइसोलेसन वार्ड स्थापना गरेको छ ।

अस्पतालले हेटौँडा उपमहानगरपालिकासँग समेत सहकार्य गरेर हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा रहेको छात्रावास भवनमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको हो ।

लिसा हिमालयन इभीको सहयोगमा सामाजिक विकास मन्त्रालय, हेटौँडा अस्पताल र उपमहानगरको संयुक्त टोलीले पाँच दिनमा १ सय २० शैयाको वार्ड तयार पारेको अस्पतालले जनाएको छ ।

वाग्मती प्रदेश कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकमा विद्यालयबाट आइसोलेसन तथा क्वारेन्टिन हटाउन भएको निर्णय कार्यान्वयन गर्न आइसोलेसन वार्ड स्थापना गरिएको हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।

नवनिर्मित आइसोलेसन वार्डमा शुक्रबार साँझदेखि नेपाल प्रहरीका नौ सहित १२  कोरोना सङ्क्रमितलाई राखि आवश्यक उपचार प्रक्रिया शुरु गरिएको  वार्ड प्रमुख डा सागर काफ्लेले जानकारी दिए।

आइसोलेसन वार्ड क्षेत्र परिसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षाका लागि खटाइएको पौडेलले जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...