भाटभटेनी सुपर मार्केटका एक कर्मचारी कोरोना पुष्टि
वि.सं.२०७७ साउन २४ शनिवार १३:४४
4.2K
shares
काठमाडौं: काठमाडौंस्थित एक भाटभटेनी सुपर मार्केटमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।
सरकारले धेरै भिडभाड हुने स्थानमा काम गर्ने कर्मचारीहरुको कोरोना परीक्षण गराउन निर्देशन दिए अनुसार स्वाब परिक्षण गर्दा एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
काठमाडौंको एक भाटभटेनी शाखाका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पनि कुन शाखाका कर्मचारीमा संक्रमण देखा परेको भने खुलेको छैन ।
भाटभटेनीको कर्मचारीमा कोरोना पुष्टि भएसँगै त्याहाँ किनमेल गर्न प्रवेश गरेका ग्रहकहरुको पनि कन्ट्याक्ट ट्रेसिङ गरिने भाटभटेनी प्रसाशनले जनाएको छ ।
केहि दिन अघि भाटभटेनी, बिग मार्ट लगायत बढि भिडभाड हुने क्षेत्रमा कार्यरत कर्मचारीको स्वाब संकलन गरि पीसीआर परीक्षण गरिएको थियो ।
वि.सं.२०७७ साउन २४ शनिवार १३:४४




















