नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुग्यो
वि.सं.२०७७ साउन १० शनिवार १९:०१
1.8K
shares
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ सय ०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ०९ जना सहित देशभर कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै शनिबार थप १ सय ०६ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका संगै कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको छ ।
शनिबार थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ साउन १० शनिवार १९:०१




















