काठमाडौंमा लक्षण सहितका कोरोना संक्रमित भेटिए
वि.सं.२०७७ साउन १० शनिवार १९:३५
1.3K
shares
काठमाडौं : लकडाउन अन्त्य भएसँगै केही दिनयता देखिएका कोरोना संक्रमितहरुमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता लक्षण देखिन थालेको छ ।
पहिले ९८ प्रतिशत संक्रमितमा लक्षण नपाइए पनि अहिले देखिने नयाँ संक्रमितमा कोरोनाको लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
पछिल्लो समय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका २४ जना बिरामी मध्ये ८ जनामा कोरोनाको लक्षण देखिएको र कतिपय संक्रमितको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ ।
वि.सं.२०७७ साउन १० शनिवार १९:३५




















