नेपालमा थप १८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,८४४ पुग्यो
वि.सं.२०७७ साउन ५ सोमवार १७:३८
1.2K
shares
काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार थप १७३ जना सहित ११ हजार ८ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ साउन ५ सोमवार १७:३८




















