स्पेनिस ला लिगामा बार्सिलोनाको फराकिलो जित
वि.सं.२०७७ साउन ५ सोमवार ०८:५६
1.3K
shares
एजेन्सीः स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
डिपोर्टिभोको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै अन्सु फाती, लुइस स्वारेज र नेल्सन सेमिडोले एक एक गोल गरे । खेलको २४ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता २-० को बनाए ।
खेलको ४४ औं मिनेटमा स्वारेजले गोल गर्दा पहिलो हाफमा बार्सिलोना ३-० ले अघि रह्यो । खेलको ५८ औं मिनेटमा सेमिडोले गोल गर्दै बार्सिलोनालाई ४-० को अग्रता दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-० को जित दिलाए ।
यससँगै मेस्सीले यस सिजन लिगमा २५औं गोल पुरा गरेका छन् । उनी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् । जितसँगै बार्सिलोनाले सिजनको सुखद अन्त्य गरेको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेर सिजनको अन्त्य समेत गरेको छ ।
वि.सं.२०७७ साउन ५ सोमवार ०८:५६




















