इंग्लिस प्रिमियर लिगमा टोटेनहमको सानदार जित
वि.सं.२०७७ साउन ५ सोमवार ०८:५४
1.2K
shares
एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले लेष्टर सिटीमाथि ३-० गोल अन्तरले सानदार जित निकालेको छ ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे । टोटेनहमले एक गोल आत्मघाती उपहार पाएको थियो । टोटेनहम स्टेडियममा छैटौं मिनेटमा जेम्स जस्टिनको आत्मघाती गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो ।
३७ औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ४० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ३-० को जित दिलाए । जितसँगै टोटेनहम लिगको छैटौं स्थानमा उक्लिएको छ । टोटेनहमले ३७ खेलमा ५८ अंक जोडेको छ । लेष्टर ६२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
वि.सं.२०७७ साउन ५ सोमवार ०८:५४




















