च्याम्पियन रियल मड्रिडले लेगानेससँग बराबरीमा रोकियो
वि.सं.२०७७ साउन ५ सोमवार ०८:५६
1.3K
shares
एजेन्सीः स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिडले रेलिगशेनमा परेको लेगानेससँग बराबरी खेल्दै सिजनको अन्त्य गरेको छ ।
आईतबार राति रियलले लेगानेसको घरेलु मैदानमा २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । लेगानेसले घरेलु मैदानमा यस सिजनको च्याम्पियनमाथि गार्ड अफ अनर प्रदान गरेको थियो । तर यस सिजनको लिग च्याम्पियन १८ औं स्थानको लेगानेसमाथि जित निकाल्न असफल रह्यो ।
इस्कोको पासमा सर्जियो रामोसले नवौं मिनेटमा रियललाई अग्रता दिलाएका थिए । ब्रायल गिलले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ५२ औं मिनेटमा ईस्कोकै पासमा एसेन्सियोले पुन रियललाई अग्रता दिलाएका थिए । डिबक्स भित्रबाट घरेलु टोलीका रोजर असलेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
जिनेदिन जिदान नेतृत्वको रियलले कीर्तिमानी ३४ औं पटक लिग उपाधि जितेको छ । गत बिहिबार उसले पछिल्लो तीन बर्षमा पहिलो पटक लिग उपाधि हात पारेको थियो । रियलले ८७ अंक सहित स्पष्ट ५ अंकको अग्रता सहित लिगको अन्त्य गर्यो ।
वि.सं.२०७७ साउन ५ सोमवार ०८:५६




















