YouTube Link

पर्यटकीय क्षेत्र विकासका अवधारणा सहित गुरुयोजना बनाउन ककनीमा स्थलगत भ्रमण

World Cup 2026
Facebook Link

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित कार्यदलले पर्यटकीयस्थल ककनी बृहत्तर पर्यटन विकासका लागि स्थलगत भ्रमण गर्दै सरोकारवालाहरुसँग छलफल गरेको छ ।

मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा रहेको कार्यदलले पर्यटकीय क्षेत्र विकासका अवधारणा सहित गुरुयोजना बनाउनका लागि भन्दै भ्रमण र छलफल गरेको हो । छलफलमा तारागाउँ होटेल अनि स्काउटमा भएको छलफलमा पूर्वमन्त्री संघीय सांसद हितबहादुर तामाङ, संघीय सांसद नारायणप्रसाद खतिवडा, वाग्मती प्रदेश सांसद बद्री मैनाली, ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामा, पर्यटन मन्त्रालयका सहसचिवहरू, वडाध्यक्ष लगायत स्थानीयहरुको उपस्थिति थियो ।

मन्त्रालयले बनाएको कार्यदलको संयोजक मन्त्रालयको सहसचिव कमलप्रसाद भट्टराई र सदस्यहरु पर्यटन बिभागका महानिर्देशक डुण्डुराज घिमिरे, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी र तारागाउँ बिकास समितिका अध्यक्ष प्रल्लाद न्यौपाने रहेका छन् ।

कार्यदलले प्राप्त कार्यादेश अनुसार काठमाडौंबाट नजिक रहेको, पर्यटकीय क्षेत्रको बिकासको लागि अति सम्भावनायुक्त र सुन्दर तथा रमणीय स्थल नुवाकोट जिल्लाको ककनीस्थित तारा गाउँ बिकास समिति, नेपाल पर्वतारोहण प्रतिष्ठान र नेपाल पर्वतारोहण संघ लगायतका विभिन्न संघ संस्थाले उपयोग गरिरहेका जग्गाहरुमा पर्यटन प्रवर्द्धनका लागि सुविधा सम्पन्न होटल, अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र, पर्वतारोहण प्रशिक्षण केन्द्र, स्की खेलका पूर्वाधार, मनोरञ्जन पार्क, क्यासिनो जोन, माउन्टेन एकेडेमी, स्पोर्ट्स एकेडेमी लगायतका कार्यक्रमहरुका लागि आवश्यक पर्ने एकीकृत गुरुयोजनासँग सम्बन्धित प्रतिबेदन तयार गरि १५ दिन भित्र मन्त्रालयमा पेश गर्नुपर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...