यसोदादेवी भगवान सिंह ट्रस्टद्वारा उत्कृष्ट विद्यालय, प्रधानाध्यापक र विद्यार्थी पुरस्कृत
वि.सं.२०७७ साउन ४ आइतवार १७:१०
1.6K
shares
नुवाकोटः यसोदादेवी भगवान सिंह ट्रस्टले शनिबार एक समारोहकाबीच विदुरमा उत्कृष्ट विद्यालय, प्रधानाध्यापक र विद्यार्थीलाई पुरस्कृत गरेको छ । ट्रस्टद्वारा नुवाकोट र रसुवाका उत्कृष्ट विद्यालय, प्रधानाध्यापक र विद्यार्थी पुरस्कृत भएका छन् ।
पुरस्कृत विद्यालयमा नुवाकोटका तीन र रसुवाका दुई उत्कृष्ट विद्यालय रहेका छन् । नुवाकोटका पृथ्वी माध्यामिक विद्यालय, ज्ञानज्योति माध्यामिक र च्वाडी पब्लिक माध्यामिक विद्यालय रहेका छन् । त्यस्तै रसुवाका नीलकण्ठ माध्यामिक विद्यालय र सुन्दरा माध्यामिक विद्यालय समेत उत्कृष्ट विद्यालयका रुपमा सम्मानित भएका छन् ।
सम्मानित हुने प्रधानाध्यापकहरुमा पृथ्वी माध्यामिक विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछाने, ज्ञानज्योती माध्यामिक विद्यालयका गणेशप्रसाद लामिछाने, च्वाडी पब्लिक माध्यामिक विद्यालयका टिकाराम खरेल, नीलकण्ठ माध्यामिक विद्यालयका नारायणप्रसाद देवकोटा र सुन्दरा माध्यामिक विद्यालयका प्रधानाध्यापक पुर्णचन्द्र भट्टराई रहेका छन् ।
सम्मानित हुने विद्यार्थीहरुमा नुवाकोटका श्रीकृष्ण ओझा, शैलजा गजुरेल, रश्मि पनेरू, निशा गजुरेल र अनुप कोइराला रहेका छन् । रसुवाका सम्मानित विद्यार्थीमा बिक्रम राना तामाङ र सौगात ओस्ती रहेका छन् । त्यस्तै उत्कृष्ट विद्यालयका उत्कृष्ट विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । सम्मानित विद्यार्थी शैक्षिक सत्र २०७४/७५ एसईई परीक्षाका उत्कृष्ट विद्यार्थीहरु रहेका छन् ।

वि.सं.२०७७ साउन ४ आइतवार १७:१०




















