नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६,८०१ पुग्यो
वि.सं.२०७७ असार २८ आइतवार १६:४८
1.5K
shares
काठमाडौं: पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका ८२ जना सहित नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । आज थप १ सय ४७ जना निको भएसंगै डिस्चार्ज हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको र कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ असार २८ आइतवार १६:४८




















