अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुहारमा देखियो मास्क
वि.सं.२०७७ असार २८ आइतवार १६:२७
1.2K
shares
एजेन्सी: कोरोना भाइरसको महामारी फैलिएयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक मास्कमा लगाएका छन् ।
कोरोना महामारीको संक्रमण फैलिएसँगै कोरोना नियन्त्रणका लागि सार्वजनिक स्थलमा सबैलाई मास्क लगाउन आग्रह गरेको थियो । तर राष्ट्रपति ट्रम्पले आफ्नो सहयोगी र कर्मचारीहरुको नियमित कोरोनाको जाँच भइरहेकाले आफूले मास्क लगाउन नपर्ने जिकिर गर्दै मास्क नलागउने बताएका थिए ।
ट्रम्पले आफु मास्क लगाउने कुराको विरुद्धमा कहिल्यै नभएको तर हरेक कुराको एउटा समय र ठाउँ हुने बताउँदै शनिबार मेरिल्यान्डस्थित सैनिक अस्पतालको भ्रमणका क्रममा ह्वाइट हाउसबाटै मास्क लगाएर निस्किएका थिए ।
वि.सं.२०७७ असार २८ आइतवार १६:२७




















