YouTube Link

ईङ्गलिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी, ब्राईटन ५-० गोल अन्तरले पराजित

World Cup 2026
Facebook Link

एजेन्सीः ईङ्गलिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ ।

ब्राईटनको घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले ब्राईटनलाई ५–० गोलको फराकिलो अन्तरमा हराएको हो । पछिल्लो तीन अवे खेल गुमाएको सिटीले ब्राईटनबिरुद्ध निकै स्तरीय खेल प्रदर्शन गर्यो ।

यो सिजन सिटीका लागि खेलेको सबै प्रतियोगिता गरी २७ गोल गरेका स्टर्लीङ्गले ब्राईटनलाई खेलको कुनैपनि समयमा प्रतिस्पर्धाको मौका दिएनन् । सिटीको शानदार जितमा स्टर्लीङ्ग बाहेक ग्याब्रियल जिजस र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।

खेलको २१औं मिनेटमा स्टर्लीङ्गले सिटीको खाता खोले भने पहिलो हाफ सकिन एक मिनेट अघि जिजसले गोल गर्दै पहिलो हाफमा २–० को अग्रता दिलाए । पहिलो हाफमा दुई गोल गरेको सिटीले ब्राईटनमाथि दोश्रो हाफमा थप तीन गोल गार्यो । ५३औं मिनटमा पुन ब्यक्तिगत दोश्रो गोल गर्दै स्टर्लीङ्गले ३–० मा पुर्याए ।

यस्तै ८१औं मिनटमा पुन स्टर्लीङ्गले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गर्दै सिटीले ५–० को जित दिलाए । जितसँगै दोश्रो स्थानको सिटीको ३५ खेलमा ७१ अंक भएको छ । तेश्रो स्थानमा रहेको चेल्सी गएराति नै भएको अर्को खेलमा सेफिल्ड युनाईटेडसँग ३-० ले पराजित भएको थियो । उसको ३५ खेलमा ६० अंक छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...