सप्तकोशी नदीको तटबन्ध फुट्ने खतरा
वि.सं.२०७७ असार २८ आइतवार १३:४०
1.4K
shares
काठमाडौं: बिहिबारदेखी निरन्तर परेको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सप्तरी पश्चिमी तटबन्ध फुट्ने खतरा बढेको छ ।
कोसी किनारमा रहेको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलुवा बस्तीमा नदीको भेल पसेसंगै पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेको छ । ५७ वर्षपछि पुनः डलुवा तटबन्ध भत्किने जोखिम बढे पछि हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र राजविराज नगरपालिकाका झन्डै ३० हजार भन्दा बढि परिवारको उठिबास हुने खतरा बढेको छ ।
वि.सं.२०७७ असार २८ आइतवार १३:४०




















