रियाल भालाडोलीडमाथि बार्सिलोनाको जित, उपाधि यात्रा कायमै
वि.सं.२०७७ असार २८ आइतवार १०:०४
1.4K
shares
एजेन्सीः बार्सिलोनाले स्पेनिस लालिगा उपाधिको यात्रालाई निरन्तरता दिएको छ ।
रियाल भालाडोलीडको घरेलु मैदानमा बार्सिलोनाले १–० गोल अन्तरको जित निकालेको हो । जितमा खेलको शुरुवाती १५औं मिनटमा अर्टुरो भिडालले गरेको गोल नै निर्णायक बन्न पुग्यो । भिडालको यो गोलका लागी लियोनल मेस्सिले सटिह पास उपलब्ध गराएका थिए ।
जितसँगै दोश्रो स्थानको बार्सिलोनाले शिर्ष स्थानको रियालसँगको अंकदूरी एकमा छाट्याएको छ । उसको ३६ खेलमा ७९ अंक भएको छ भने एक खेल कम खेलेको रियालको ८० अंक छ । रियालले सोमबार आफ्नो ३६औं खेलमा ग्रानडासँग खेल्नेछ ।
वि.सं.२०७७ असार २८ आइतवार १०:०४




















