कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च, विश्वकै ठूलो शालीग्राम शिला डुब्यो
वि.सं.२०७७ असार २७ शनिवार १४:०९
1.2K
shares
काठमाडौं: लगातारको वर्षासंगै कालीगण्डकीमा आएको बाढीका कारण गुल्मी, पर्वत, स्याङजा जिल्लाको संगमस्थल स्याङजाको गल्याङ नगरपालिका वडा नं. ५ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालीग्राम शिला डुबको छ।
कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । शिला संरक्षणका लागि बनाईएका तटबन्ध र ग्याबियन पर्खाल पानीले डुबाएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पूर्णरुपमा क्षति पुगेको र शिला सत्तल लगायतका सबै संरचना डुबाएको स्थानीयले जानकारी दिए ।
कालीगण्डएकी ‘ए’ जलबिद्युत आयोजनाको बाँधका सबै ढोका खोलेसंगै नदिमा पानीको बहाब घट्दै गएको र बजार क्षेत्रमा अहिलेसम्म कुनै क्षति नपुगेको इलाका प्रहरी चौकी हुवासले जनाएको छ ।
वि.सं.२०७७ असार २७ शनिवार १४:०९




















