ट्राभल हिस्ट्री नभेटिएका संक्रमितको संख्या बढ्दो, ४५ हजार जनाको पिसिआर परीक्षण गर्ने
वि.सं.२०७७ असार २७ शनिवार १५:२८
1.2K
shares
काठमाडौं: लकडाउन खुकुलो भएसँगै विभिन्न सेवा प्रदायक कार्यालयहरु खुलेको र मानिसको चहलपहल बढ्दै गएको छ। देशभर कोरोना संक्रमितको संख्या घटे पनि काठमाडौं उपत्यकामा कोरोना भाईरस संक्रमितको संख्या बढिरहेको छ ।
हालसम्म नेपालमा पुष्टि भएका कोरोना संक्रमण विदेशबाट आएका मानिस बढी देखिएको छ । पछिल्लो समय केही संक्रमितको कुनै ट्राभल हिस्ट्री नभेटिएको अवस्थामा संक्रमण समुदायमा गएको हो कि भन्ने आशंका बढेको छ।
सरकारले देशभर कोरोना समुदायमा गए(नगएको अध्ययन गर्न धेरै मानिसको भीडभाड हुने अस्पताल, बैंक, कार्यालयका कर्मचारी, सेवाग्राही र अन्य सर्वसाधारण गरी ४५ हजार जनाको पिसिआर परीक्षण गर्ने भएको छ । स्वाबको नमुना संकलन कार्य बिहीबारदेखि सुरु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कोभिड–१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टरले जनाएको छ ।
वि.सं.२०७७ असार २७ शनिवार १५:२८




















