YouTube Link

पहिरोमा परि पोखरामा ६ जनाको मृत्यु, ११ जना घाइते, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयद्वारा घाइतेको उद्धार

World Cup 2026
Facebook Link

पोखराः गएरातिदेखि अविरल वर्षाका कारण गएको बाढी पहिरोमा परी पोखराका विभिन्न स्थानमा ६ जनाको जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित स्थानीय टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । थापासँगै उनकी श्रीमती ३ जना नाती नातीनाको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

घटनामा परी घाइते भएका अन्य ५ जनाको उद्धार गरी मणिपाल शिक्षण अस्पताल र एक जनाको पश्चिमाञ्चल अस्पतालमा लगिएको उनले बताए । प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । दुई जनाले भने पहिरो आएको थाहा पाएपछि भागेर ज्यान बचाएका छन् ।

थापाको घरमा बिहीबार ठुली छोरीको जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा धेरै जना भेला भएका थिए ।

त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पताल पोखरामा उपचार भइरहेको प्रवक्ता हमालले जानकारी दिएका छन् ।

त्यसैगरी पोखरा-५ मालेपाटमा दुई जना घाइते भएका छन् । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी र पोखरा ४ फिर्के थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...