ला लिगामा एथ्लेटिको बिल्बाओमाथि सेभिल्लाको जित
वि.सं.२०७७ असार २६ शुक्रवार ०८:३१
1.2K
shares
एजेन्सीः सेभिल्ला च्याम्पियन्स लिग छनोटको नजिक पुगेको छ । बिहिबार राति एथ्लेटिको बिल्बाओलाई हराउँदै सेभिल्ला च्याम्पियन्स लिग छनोटको नजिक पुगेको हो ।
ला लिगाको शीर्ष चारमा रहेको सेभिल्लाले घरेलु टोली बिल्बाओमाथि २–१ को पुनरागमन जित निकाल्यो । लिगमा तीन चरणको खेल बाँकी रहदाँ सेभिल्लाले पाँचौ स्थानको भिल्ला रियलमाथि ६ अंकको अग्रता कायम राखेको छ ।
जितसंगै सेभिल्ला ६३ अंक सहित तालिकाको चौथो स्थानमा छ । बिल्बाओ क्लब ४८ अंक सहित तालिकाको नवौं स्थानमा रहेको छ ।
वि.सं.२०७७ असार २६ शुक्रवार ०८:३१




















