अविरल वर्षाका कारण पोखराका विभिन्न स्थामा पहिरोमा परी चारको मृत्यु, ७ जना घाइते
वि.सं.२०७७ असार २६ शुक्रवार ०८:१५
1.2K
shares
पोखराः पोखराको सराङकोट र हेम्जामा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने ७ जना नै घाइते भएका छन् ।
पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित घर माथिको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् । १० जना मध्ये ३ जनाको मृत्यु भएको र ७ जना घाइते छन् ।
उनीहरुलाई स्थानीय र प्रहरीको संक्रियातामा अस्पताल पुर्याएको छ । उनीहरुलाई मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको हमालले बताए । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।
हराइरहेका अन्य आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको बताए । त्यसैगरी पोखरा २५ हेम्जामा घर पछाडीबाट पहिरो आउदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको उनले बताए ।
वि.सं.२०७७ असार २६ शुक्रवार ०८:१५




















