भारतीय मिडियाबारे नेपाल सरकारले बोल्यो: राजनीतिक र कानुनी उपचार खोजिन्छ
वि.सं.२०७७ असार २५ बिहीवार १९:२८
1.3K
shares
काठमाडौं: नेपाल सरकारले भारतीय मिडियामा आएका समाचारको भर्त्सना गर्ने भएको छ । भ्रामक समाचार सम्प्रेषण गर्ने मिडियामाथि राजनीतिक र कानूनी उपचार खोज्ने बताएको छ ।
सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सञ्चारमाध्यमहरु चाहे नेपालका हुन् वा विदेशी सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।
सरकारले भारतीय मिडियामा आएका समाचारको भर्त्सना गर्दै हाम्रो राष्ट्र, राष्ट्रियता र नेपालीहरुको स्वाभिमानमा आँच पुर्याउने समाचार सम्प्रेषण नगर्न स्वदेशी र विदेशी सबै मिडियालाई आग्रह गर्दै यसको पछाडि राजनीतिक र कानूनी दुवै उपचार खोज्ने खतिवडाले बताए ।
वि.सं.२०७७ असार २५ बिहीवार १९:२८




















