छोटो दूरीका सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय
वि.सं.२०७७ असार २५ बिहीवार १८:२५
1.8K
shares
काठमाडौं: सरकारले सार्वजनिक यातायातका साधन सुरक्षाका मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताए ।
सार्वजनिक यातायातका साधन र ट्याक्सी काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरी जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउने छन् । साथै ट्याक्सी हरु तत्कालै चल्न सक्ने र चालकबाहेक २ जना मात्र चढ्न पाउने जानकारि दिए ।
सार्वजनिक यातायातका चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा लगाउनुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने र ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ छ । साथै दिनमा एक पटक सवारि साधन निसंक्रमण गर्नुपर्नेछ ।
सामाजिक दूरी कायम गरि सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र राख्न पाउने र यसरी बसमा आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाउने खतिवडाले बताए ।
वि.सं.२०७७ असार २५ बिहीवार १८:२५




















