घाइते र पीडित परिवारको उद्धारमा कुनै सम्झैता हुदैन: सभामुख अग्नीप्रसाद सापकोटा
वि.सं.२०७७ असार २५ बिहीवार १९:४८
1.2K
shares
काठमाडौं: सभामुख अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ स्थित जम्बु खोलामा गएराति आएको बाढी– पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै घाइते र पीडित परिवारको उद्धारमा कुनै सम्झैता नहुने बताउनु भएको छ ।
सभामुख सापकोटाले पीडित ३० परिवारलाई टेन्ट, मेट्रिक्स, त्रिपाल, भाँडा सेट, कम्बल, कपडालगायतको सामग्री वितरण गरेको उल्लेख गर्दै बेपत्ताको खोजी र उद्धारमा सरकार प्रभावकारी ढङ्गबाट अगाडि बढ्ने जानकारी दिए।
वि.सं.२०७७ असार २५ बिहीवार १९:४८




















