सिद्धार्थ र आइएमएस सफ्टवेयरबीच बिलिङ तथा भुक्तानी सम्बन्धी सम्झौता
वि.सं.२०७७ असार २५ बिहीवार ०९:३०
1.2K
shares
काठमाडौं: सिद्घार्थ बैंक र आइएमएस सफ्टवेयरबीच बिलिङ तथा भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र आइएमएस सफ्टवेयरका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात् बैंक र आइएमएस सफ्टवेयर विशेष साझेदारीमा प्रवेश गरेका छन् जसको मुख्य उद्देश्य आइएमएसद्वारा विकसित बिलिङ र भुक्तानी प्रणालीको माध्यमबाट बैंकिङ्ग सेवाहरु विशेष छुटमा उपलब्ध गराउनु रहेको छ ।
डिजिटल प्रणालीलाई थप प्राथमिक्ता दिँदै बैंकले आफ्ना ग्राहकका लागि पोइन्ट अफ सेल टर्मिनल र क्यूआर कोडको सुविधाको देशभर नै विस्तार गरिरहेको छ ।
वि.सं.२०७७ असार २५ बिहीवार ०९:३०




















