कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १ सय ६८ पुग्यो
वि.सं.२०७७ असार २३ मंगलवार १७:४४
1.1K
shares
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा २०४ जनाको कोरोना भाइरस पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । यो संगै कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कुल २ लाख ६१ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ जसमा २५ हजार ७ सय २७ जना क्वारेन्टाइनमा छन् भने ८ हजार जनाको आइसोलेसनमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ६ सय ८८ जना निको भएर घर फर्किएसँगै कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ४९९ पुगेको र हालसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ असार २३ मंगलवार १७:४४




















