सोमबार थप १८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या करिब १६ हजार
वि.सं.२०७७ असार २२ सोमवार १७:०१
1.1K
shares
काठमाडौं: नेपालमा सोमबार थप १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा २६४ जना सहित कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार ८११पुगेको कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ असार २२ सोमवार १७:०१




















