YouTube Link

अनलाईन कक्षा बन्द गर्ने नीजि विद्यालयको चेतावनी, अफ्ठ्यारोमा निहुँ नखोज्न अभिभावकको आग्रह

World Cup 2026
Facebook Link

 

काठमाडौं: यतिवेला नयाँ शैक्षिक सत्र सुरु भएर विद्यार्थी धमाधम विद्यालय जानुपर्ने हो तर कोरोना संक्रमण र लकडाउनका कारण करिव ९० लाख विद्यार्थी विद्यालय जान सकेका छैनन् । यसरी विद्यालय जान नपाएका विद्यार्थी लक्षित गरी सरकारले असार १ गतेदेखि बैकल्पिक अनलाईन शिक्षाको सुरुवात गर्यो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्वोधनबाट सुरु भएको अनलाईन शिक्षा एक महिना नपुग्दै धरापमा परेको छ । सामुदायिक विद्यालयले स्रोत र साधनको अभावमा अनलाईन कक्षा सञ्चालन प्रभावकारी बनाउन सकेका छैनन् भने नीजि विद्यालयले संचालनमा रहेको अनलाईन कक्षा समेत बन्द गर्ने चेतावनी दिँदै आएका छन् ।

 

नीजि विद्यालयको संस्था प्याबसनले शिक्षाक तथा कर्मचारीलाई तलव भत्ता खुवाउन समस्या भएको भन्दै अनलाईन कक्षा बन्द गर्ने तयारी सुरु गरेको छ । अभिभावक शुल्क तिर्न तयार नभएको र राज्यबाट समेत कुनै सहयोग नपाएको भन्दै अनलाईन शिक्षा बन्द गर्नुपर्ने अवस्था आएको प्याब्सनका सह अध्यक्ष डिके ढुंगानाले अखबार नेपाललाई बताए । सरकारले समेत शुल्क नतिर्न निर्देशन दिने र शिक्षक समेत आन्दोलनमा रहेका कारण विद्यालय संचालनमा समस्या भएको उनको भनाई छ ।

 

संस्थागत विद्यालयका शिक्षकहरु ६ महिनादेखि तलव नपाएको भन्दै आन्दोलनमा छन् । नीजि विद्यालयमा काम गर्ने शिक्षकको न्युनतम पारिश्रमिक नदिएको भन्दै आन्दोलन सुरु गरेको भएपनि लकडाउनपछि दिँदै आएको पारिश्रमिक समेत रोकेका कारण चरणबद्ध आन्दोलनको तयारीमा रहेको नेपाल संस्थागत विद्यालय शिक्षक संगठन (ईष्टु)का अध्यक्ष होमकुमार थापाले अखबारनेपाललाई बताए ।

 

उज्वल भविष्यको कामना सहित विद्यालय जाने उमेर समुहका बालबालिका घरमा नै बसिरहँदा अभिभावक चिन्तामा परेका छन् । विद्यालय कहिले खुल्ने भन्ने चिन्ता भएसँगै अनलाईन कक्षा नै बन्द गर्ने नीजि विद्यालयको चेतावनीबाट रुष्ट बनेका अभिभावकले पहिलाको कमाइबाट भएपनि कक्षा सञ्चालन गर्न माग गरेका छन् ।

 

संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुवास भण्डारीले पहिले पहिले गरेको कमाइले घर जग्गा जोड्ने अनि अप्ठ्यारोमा पर्दा विद्यालय बन्द गर्छु भन्न मिल्छ ? मुनाफाबाट लगानी गरेको साइड विजनेस बेचेर भएपनि विद्यालय सञ्चालन हुनुपर्छ उनको भनाई छ ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...