Rajshow Bivag

अनलाईन कक्षा बन्द गर्ने नीजि विद्यालयको चेतावनी, अफ्ठ्यारोमा निहुँ नखोज्न अभिभावकको आग्रह

Departmant of helth services

 

काठमाडौं: यतिवेला नयाँ शैक्षिक सत्र सुरु भएर विद्यार्थी धमाधम विद्यालय जानुपर्ने हो तर कोरोना संक्रमण र लकडाउनका कारण करिव ९० लाख विद्यार्थी विद्यालय जान सकेका छैनन् । यसरी विद्यालय जान नपाएका विद्यार्थी लक्षित गरी सरकारले असार १ गतेदेखि बैकल्पिक अनलाईन शिक्षाको सुरुवात गर्यो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्वोधनबाट सुरु भएको अनलाईन शिक्षा एक महिना नपुग्दै धरापमा परेको छ । सामुदायिक विद्यालयले स्रोत र साधनको अभावमा अनलाईन कक्षा सञ्चालन प्रभावकारी बनाउन सकेका छैनन् भने नीजि विद्यालयले संचालनमा रहेको अनलाईन कक्षा समेत बन्द गर्ने चेतावनी दिँदै आएका छन् ।

 

नीजि विद्यालयको संस्था प्याबसनले शिक्षाक तथा कर्मचारीलाई तलव भत्ता खुवाउन समस्या भएको भन्दै अनलाईन कक्षा बन्द गर्ने तयारी सुरु गरेको छ । अभिभावक शुल्क तिर्न तयार नभएको र राज्यबाट समेत कुनै सहयोग नपाएको भन्दै अनलाईन शिक्षा बन्द गर्नुपर्ने अवस्था आएको प्याब्सनका सह अध्यक्ष डिके ढुंगानाले अखबार नेपाललाई बताए । सरकारले समेत शुल्क नतिर्न निर्देशन दिने र शिक्षक समेत आन्दोलनमा रहेका कारण विद्यालय संचालनमा समस्या भएको उनको भनाई छ ।

 

संस्थागत विद्यालयका शिक्षकहरु ६ महिनादेखि तलव नपाएको भन्दै आन्दोलनमा छन् । नीजि विद्यालयमा काम गर्ने शिक्षकको न्युनतम पारिश्रमिक नदिएको भन्दै आन्दोलन सुरु गरेको भएपनि लकडाउनपछि दिँदै आएको पारिश्रमिक समेत रोकेका कारण चरणबद्ध आन्दोलनको तयारीमा रहेको नेपाल संस्थागत विद्यालय शिक्षक संगठन (ईष्टु)का अध्यक्ष होमकुमार थापाले अखबारनेपाललाई बताए ।

 

उज्वल भविष्यको कामना सहित विद्यालय जाने उमेर समुहका बालबालिका घरमा नै बसिरहँदा अभिभावक चिन्तामा परेका छन् । विद्यालय कहिले खुल्ने भन्ने चिन्ता भएसँगै अनलाईन कक्षा नै बन्द गर्ने नीजि विद्यालयको चेतावनीबाट रुष्ट बनेका अभिभावकले पहिलाको कमाइबाट भएपनि कक्षा सञ्चालन गर्न माग गरेका छन् ।

 

संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुवास भण्डारीले पहिले पहिले गरेको कमाइले घर जग्गा जोड्ने अनि अप्ठ्यारोमा पर्दा विद्यालय बन्द गर्छु भन्न मिल्छ ? मुनाफाबाट लगानी गरेको साइड विजनेस बेचेर भएपनि विद्यालय सञ्चालन हुनुपर्छ उनको भनाई छ ।

 

 

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...