भोलिदेखि सार्वजानिक यातायात सञ्चालन हुने समाचार गलत
वि.सं.२०७७ असार २० शनिवार १९:२१
1.5K
shares
काठमाडौं: असार २१ गतेबाट सार्वजानिक यातायात संचालन हुने समाचार गलत भ€एको सार्वजानिक यातायात केन्द्रीय महासंघ नेपालका बाग्मती प्रदेश सचिव मोहन सापकोटाले जानकारी दिएका छन् । सरकारले लागु गरेको लकडाउन साउन ७ गतेसम्म भएकोले असार २१ बाट सार्वजानिक सवारी साधन चल्ने समाचार गलत भएकाले सार्वजानिक सावारी साधन कहिलेबाट चल्ने त्यो सरकारले निर्णय गर्ने सापकोटाले बताए ।
यातायात सेवाको संरक्षण एवं सम्वर्द्धन गर्दै गुणस्तरिय यातायात सेवाको विकास एवं विस्तार गर्दै व्यवसायीको प्रत्यक्ष वा अप्रत्यक्ष समस्याहरु पूर्ण रुपमा समाधान गर्नका निम्ति स्थापित भएका महासघंहरु र त्यसमा नेतृत्व गर्ने यातायात व्यवसायीका नेताहरुको गैर जिम्मेवारपनका कारण व्यवसायीहरु शेषित भएको सचिव सापकोटाले बताए ।
लकडाउनको कारण विगत ४ महिनादेखि सार्वजानिक यातायातहरु संचालन नहुँदा अधिकांस व्यवसायीले घर जग्गा धितो राखेर बैंक मार्फत कर्जा लिएर सवारी संचालन गरिरहेको अवस्थामा हाल लकडाउनका कारण बैंकमा दिनुपर्ने किस्ता र ब्याज तिर्न सक्ने अवस्थामा नरहेको सचिव सापकोटाले बताए ।
वि.सं.२०७७ असार २० शनिवार १९:२१




















