YouTube Link

ओली र प्रचण्डका असफलताका कारणहरु

World Cup 2026
Facebook Link
vision

नेपाली राजनीतिमा संर्घर्ष, बिद्रोह, युद्ध र जनयुद्धका माध्यमबाट जेलनेल दु:ख कष्ट भोग्दै कार्यकर्ता र जनतालाई सपना बाँड्दै जिवनभर राजनीतिमा जिवन व्यतित गरेका यी दुई हस्तीहरु वर्तमान नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) नेपाली राजनीतिका शिखर पुरुषहरु हुन् । तर, जिन्दगीभर राजनीति गरेर पनि यी दुबै जाना बरिष्ठ नेताहरु वर्तमान परिस्थितिमा बिस्तारै दिनानुदिन अलोकप्रिय र अत्यन्तै असफल हुँदै जाँदैछन । उहाँहरुका पतनका बिभिन्न कारणहरु छन् तर पनि असफलता र अलोकप्रियताका कारण पनि यिनै दुई जानाका आ-आफ्नै कारणले नै हो भन्दा फरक पर्दैन ।

राजनीतिमा जहिले पनि विगतमा गल्ती के भयो ? वर्तमानमा गल्ती के हुँदै छ ? भविष्यमा के हुन सक्छ ? भन्ने कुराको गम्भीर ख्याल राख्न सकिएन भने कतिखेर के हुन्छ भन्ने कसैलाई थाह हुँदैन । राजनीतिमा जहिले पनि साना-साना सम्भावनाहरुले पनि विजय पाउन सक्दछ र ठुला ठुला रणनीतिहरु पनि फेल हुन सक्दछ । चलाख्याई र धुर्त्याईले मात्रै सँधै राजनीति टिक्दैन अर्को कुरा आर्थिक भिजन, आर्थिक गुरु मन्त्र वा आर्थिक क्रान्तिका गुरु योजना बिनाका राजनीति चाँडै पतन हुन्छ नै । विश्व परिवेशमा पनि प्राय: जसले आर्थिक सफता हाँसिल गर्न सक्यो त्यही राजनीति पार्टी र नेताहरु लामो समयसम्म टिक्न सकेका छन, सफलता लिन सकेका छन ।

ओली र प्रचण्ड दुबैले साम्यवादी आर्थिक, सामाजिक र सांस्कृतिक ब्यावस्था नै बिर्सेछन । साम्यवादी आर्थिक ब्यावस्था यस्तो हुँदैन । पुराना मुल्य मान्यता, धारण र अवधारणहरु सबै नष्ट गरि नयाँ परिवेशमा नयाँ-नयाँ आर्थिक रणनीति र प्रशासनिक संयन्त्रको विकास गराउनै पर्छ । चीनमा माओपछि डिज जावपिगले आधुनिक चीनको सुरुवात गर्ने बेलामा सात हजार भन्दा बढी पुराना कानुन केही समयभित्र नै फेरेका थिए र उनी सफल भए, त्यसैको पृष्ठभूमिमा टेकेर हुजिन्तव र सि जिन फिङ्ले आज चीनलाई विश्व आर्थिक साम्रज्यको बादशाह बनाएको छ । तर यिनिहरुले त राणाकालिन राजाकालिन मुलुकी ऐन कानुनहरु समेत फेर्दैनन् र फेरिएका कानुनहरु पनि बहुतै झन्झटिला र कठिन खालका बनाउँदै आर्थिक परनिर्भरता बनाउँदै लाँदै छ । जनताले चाहेका कामहरु, जनताले चाहेका कानुन फेर्छन नत जनताका समस्याहरुको संसदमा कुनै मुद्धा निकाल्छन सधै सत्ताको लुछाचुडीमा रुमली रहन्छन भने यिन्को अवगति सुरु भएको हो भन्ने तेही बाट सुरु हुन्छ ।

केपी शर्मा ओली असफल हुनका कारणहरु

दुई तिहाई जनमतको आशा बोकेका तत्कालिन नेकपा एमाले यी दुई पर्टीभित्र प्रशस्त बौद्धिक राजनीतिज्ञहरु थिए तर ती बौद्धिक राजनीतिज्ञका कुशल ब्यावास्थापन दुबैले गर्न सकेनन् । पूर्व प्रधानमन्त्रीहरु र सयौ बौद्धिक राजनेताले भरिएको यो बिशाल पार्टीभित्र पदीय ब्यावस्थापन गर्न नसक्नु र दुई तिहाई जनमतको सम्पूर्ण नाफा केपी शर्मा ओली एक्लैले खान खोज्नु पार्टी भित्रका गम्भीर कमजोरी हुन भने केपी ओलीले छानेका मान्त्री र सल्लाहकारहरु नै गलत थिए ।

पार्टी एकीकरण स्पष्ट थिएन कस्ले के पाउने ? कस्ले के गुमाउने भन्ने ठोस निर्णय नै नभई नेकपा एमाले र माओवादीबीच पार्टी एकता भयो । स्थानीय चुनावले त्रसित मानसिकताका माओवादी र माओवादीसँग एकता गर्न सके दुई तिहाई जनमतको आशा बोकेका तत्कालिन नेकपा एमाले यी दुई पर्टीभित्र प्रशस्त बौद्धिक राजनीतिज्ञहरु थिए तर ती बौद्धिक राजनीतिज्ञका कुशल ब्यावास्थापन दुबैले गर्न सकेनन् । पूर्व प्रधानमन्त्रीहरु र सयौ बौद्धिक राजनेताले भरिएको यो बिशाल पार्टीभित्र पदीय ब्यावस्थापन गर्न नसक्नु र दुई तिहाई जनमतको सम्पूर्ण नाफा केपी शर्मा ओली एक्लैले खान खोज्नु पार्टी भित्रका गम्भीर कमजोरी हुन भने केपी ओलीले छानेका मान्त्री र सल्लाहकारहरु नै गलत थिए । मन्त्री मण्डल बनाउने बितिकै मैले त भनेको थिएँ अब ओलीले छानेका मानिसहरुका अनेकौ चर्तिकलाले नै ओलीलाई सरकारको सफलता देखाउन समस्या हुन्छ ।

उनले नेकपाभित्रका कयौ बौद्धिक र भिजनरी नेताहरुलाई छाडेर आफ्ना सर्मथक र चाकरिबाजहरुको हुल जम्मा गरे । सल्लाहकारमा त आज पनि उहाँसँग गतिला मानिसहरु छैनन । यस्तो आर्थिक अवस्थाले थिलथिलो परेको देशका नयाँ नेपाल बनाउने प्रधानमन्त्री जस्तो मानिसलाई देश र दुनियाँ चलाउन सिकाउने बौद्धिक मानिस यिनिहरु हुँनै सक्दैनन । प्रधानमन्त्रीको सफलता र असफलतामा राणनीति र निर्णयहरुले ठुलो महत्व लिएको हुन्छ । यी निर्णय र रणनीतिहरुमा सल्लाहकार र मान्त्री परिषद्का मन्त्रीहरुको ठुलो भूमिका हुन्छ । प्रधानमन्त्रीले भनेको अवस्थाको ब्यावस्था मिलाउने हो यि ब्यावस्थापनमा कुशल मानिसहरु भएनन भने प्रधानमन्त्रीले जति नै ठुलो सपना बनाएपनि जति नै ठुलो लक्ष्य लिएपनि अन्तत तिनै नालायकहरुका कारण बिस्तारै गलत परिणम देखिने नै भए ।

ओली ज्युको ठुलो कमजोरी भनेकै राष्ट्रपतिदेखि मन्त्री सल्लाहकारमा गलत र बौद्धिक हैसियत नभएका मानिसहरु नै हुन । उहाँले गर्नु भएका थुप्रै गलत निर्णहरु मध्य राष्ट्रपतिमा बिद्या भण्डारी पुनः दोहर्याउनु, युवराज खतिवडालाई अर्थमन्त्री बनाउनु, गोकुल बास्कोटालाई प्रवक्ता बनाउनु पनि एक हो भन्दा त्यति फरक नपार्ला । उहाँले पार्टीभित्रका बौद्धिक जमातको त अपमान नै गर्नुभएको छ । बौद्धिक जोसिला भिजन भएका र युवा नेताहरु उहाँका आँखामा परेनन । प्रदेशतिर पनि उहाँले सक्षम भन्दा पनि आफ्नै खाले मानिसहरु राख्नु भयो यसको उदाहरण तीन नम्बर प्रदेशमा हेरे पुग्छ । केशव स्थापित जस्तो मानिसलाई बाघ चलमा पार्नु हुँदैनथ्यो । क्रान्तिका लागि उहाँ जस्ता जोशिला मुख्यमन्त्रीको खाँचो थियो ।

महिलाहरुको पनि नेतृत्वका पनि खासै राम्रो ब्यावस्थापन गर्न सक्नु भएन । प्रचण्डको सिफारिसमा बिना मगर मन्त्री हुन सक्ने तर महिला तथा वालबालिका मन्त्री रामकुमारी झाँक्री र नबिना लामा जस्ता युवा मन्त्री बन्न किन सकेनन ? योगेश भटराईलाई जन दवाब र पार्टीभित्रका दवाव मनोबिज्ञानले मात्रै मनले नमानी नमानी काक्ताली मन्त्री दिनुभएको हो भन्ने सारा जनतालाई थाह छ । गोकर्ण बिष्ट जनप्रिय युवा पुस्ताको राम्रा र इमान्दार ब्यक्ति हुन उहाँलाई समेत टिपेर फाल्नुभयो जस्का असन्तुष्टिहरु सामाजिक सन्जालमा हेरे हुन्छ ।

पार्टीभित्र गुट उपगुट छन् भन्ने थाहा हुँदा हुँदै पनि प्रचण्ड जस्ता धुरन्धार राजनीतिज्ञ छन् भन्ने थाह हुँदा हुँदै पनि, पूर्व प्रधानमन्त्रीहरुको जिम्वेवारी र हैसियत के हो भन्ने अडकल गर्न नसकेका कि नजानेको ? यत्रो पार्टीका त्यतिका पूर्व प्रधानमन्त्रीहरुलाई जिम्मेवारी खै ? यतिका लामो समयसम्म त्यतिकै खाली रहन उनीहरुले सक्लान त ? भन्ने सोच किन आएन र सरकार र पार्टीको दुबै प्रमुख आफु मात्रैले किन लिए ? दुबै पद एक्लैले लिँदा अरुमा कस्तो मनोबिज्ञान चल्छ होला भन्ने पनि सोच्नु भएन कि सोचेर पनि यस्तो निर्णय लिनु भएको हो ? सबै थोक आफैले मात्रै खाँदा अरुले चोखे लाउलान भन्ने किन नसोच्नु भएको हो ? पार्टीभित्रका असन्तुष्टि सुन्न किन नरुचाउनु भएको ? राष्ट्रपति कार्यलयको बिभिन्न घटना र हल्लाहरुले पार्टी, सरकार र देशलाई नै बदनाम बनाउँदा सामाजिक संजालमा आक्रोश पोख्दा किन मौन ? आदि इत्यादी यस्ता धेरै साना ठुला कुराहरु छन ।

अर्को जनताको जनमत के का लागि थियो पुरै बिर्सनु भो खै गरिबी निवारणका कुरा ? खै बेरोजगारका कुरा ? खै युवाहरुका मद्धा ? खै परनिर्भरता हटाउने कुरा ? खै आर्थिक परिवर्तन र क्रान्तिका कुरा ? खै किसानका समस्याका कुरा ? खै औद्योगिक बिकासका कुरा ? खै समृद्धिका कुरा ? खै, शिक्षा, स्वास्य, खानेपानी आदि आधारभुत बिषयका कुरा ? यस्ता सयौ हजारौ बिषयका कुरा न संसदमा निस्कन्छ न त मन्त्री मण्डलमा । जनताका कुरा त सुको सुनुवाई भएन नै । खै त कोरोनाका कुराहरु बारम्बार निस्केका ? खै सलहको बिगबिगी रोक्ने कुरा ? खै बिदेशमा अलपत्र परेका नेपाली जनताका आँसुका कुरा ? खै बोर्डरमा अलपत्र परेका बिचल्ली जनताका कुरा ? खै बिकास र समृद्धिका कुरा ? यस्ता मुद्धा पनि धेरै छन् । भोट त सारा जनताले दिएको हो नि अनि किन जनमतको अपमान ? किन यत्रौ दम्भ र घमण्ड । फेरी ती जनता नेकपालाई चाहिन्न । जनताले भेनेका सोचेका सपना र आकांक्षाहरु एकातिर प्रधानमन्त्री र जनप्रतिनिधिहरु अर्कातिर भएन भन्या ? के भनेर भोट मागेका थियो भन्ने बिर्सिने त ?

ओली सरकारमा आएपछि जनताले के-के न हुन्छ भनेका थिए बिचरा ती जनताका सबै सपनाहरु कुहिए कुहाउनु भयो । खै त ती अपराधी जो सुन काण्डका थिए ? निर्मलाका बलत्करी हत्यारा थिए ? खै भ्रष्टहरुलाई जेल कोचेको ? जनताले चहाँदै नचाहेको एमसीसी किन चाहियो ? किन बेमौसमी विधेयक ल्याउनु । सरासर कुलमानले जस्तो काम गरेका भए आज यो सरकार र पार्टीले देवत्व पाउन सक्थ्यो नि खै त गरेको । यो भन्दा सुनौलो अवसर अब कदापी नआउला पनि यो सुनौलो अवसर बितण्ड मच्चाएर नै बिताउनु भो उहाँले समयको सर्बनास गर्नु भो ।

आफै पार्टी अध्यक्ष आफै सरकार प्रमुख काम गर्न आजसम्म कस्ले राक्यो ? कस्ले छेक्यो उहाँलाई ? सामर्थ्य भए यो देशमा चमत्कार देखाउने मौक उहाँलाई जनताले, पार्टीले र देशले नै दिएको हो अझै उहाँ अरुले काम गर्न दिएन भने जस्तो गर्नुहुन्छ । असक्षमहरुको हुलजत्था बनाएर सम्बृद्धि आउँछ र भन्या ? यस्तो स्वर्णिम समयमा पनि काम गर्न नसक्ने ती सबै मानिसहरु जनताका नजरमा नालायक भैसके । मैले अपमानित शब्द लेख्न बाध्य भए माफ गर्नु होला । देश दुनियाँ बदल्न बौद्धिकता र इमान्दारिता चाहिन्छ र अर्को कुरा एउटै वनमा दुई वटा भाले सिंहसँगै मिलेर बस्लान र ? अझै बिचार गर्नुस् यसको मतलव पार्टी फुटाउनु हैन जिम्मेवारी र पद बाँडफाँड गर्नुस भनेको हो ।

प्रचण्डका असफलताका केही कारणहरु

पार्टीभित्रका बौद्धिक र त्यागी नेताहरुलाई सहि तरिकाले संगठित गरेर लान नसक्दा माओवादी तितर बितर मात्रै भएन नेपाली जनताको नजरमा प्रचण्ड पतन नै हुँदै गएको हो । प्रचण्डसँग अहिले कुनै बिकल्प बाँकी छैन उनी दाँत झारेका, नङ्ग्रा कटिएका पिंजडाका बाघ हुन भन्दा अतिसारो नहोला । उहाँले अहिले मौनता अपनाउन सक्नु भएन भने आउँदो दिनहरु झनै मुस्किलका छन । बीचबीचमा ओलीसँग सिगौरी खेल्नु माधाव नेपाल, झलनाथ खनालसँग साउती गर्नु बामदेव गौतम जस्तासँग कानेखुसी गर्नु प्रचण्डका लागि हृदयघाती सम्बन्ध हुन सक्दछ ।

नेकपा माओवादी हुँदै नेकपा माओवादी केन्द्रसम्म आईपुग्दा कम्रेड प्रचण्डले थुप्रै गल्तीहरु गरिसक्नु भएको थियो । भन्ने हो भने उहाँ जुन मुद्धाका लागि माओवादी दश बर्षे जनयुद्ध गराउनु भएको थियो ती मुद्धाहरु नै बिर्सनुभयो फलस्वरुप उहाँका सहयात्रीहरु छिन्नभिन्न भएको त हामी सबैलाई थाहा नै छ । ०६२/०६३ को जनआन्दोलनपछि उहाँले पहिलो गल्ती गिरिजाबाबुलाई राष्ट्रपति बनाउन नमान्नु थियो । यदि गिरिजा बाबुलाई राष्ट्रपति बनाउनुभएको भए गिरिजाबाबुले आफ्नो देहान्तभन्दा पहिला संबिधान बनाउने हर कोशिस गर्नुहुन्थयो र बन्थ्यो पनि ।

किनकि उहाँलाई भारत लगायत अन्य विश्वबाट पनि साथ सहयोग हुथ्यो र प्रचण्डसँग खुशी भएको भए माओवादीले उठाएका कयौं बुँदाहरु संविधानमा पस्न र बस्न सक्थ्यो नै । गिरिजाबाबु भन्दा योग्य मानिस त्यस बखतमा राष्ट्रपतिका लागि कोही नै थिएन र उहाँलाई राष्ट्रपति दिएको भए सम्भवत प्रमुख कार्यकारी राष्ट्रपति बन्न सक्थ्यो पनि । दोश्रो गल्ती माधव कुमार नेपाललाई बोकेर ल्याउनु हुँदैन थियो । पछि उस्ले जस्ले बोकेर ल्याएको उसैलाई खायो भन्दा नजायज नहोला नै । अर्को कुरा तत्कालिन प्रधानसेनापति रुकमांगत कटुवाललाई चलाउनु हुँदैन थियो । रुकमांगत कटुवालकण्ड प्रचण्डको एक शनिदसा सुरु हुनु थियो र भयो पनि । यस काण्डबाट प्रचण्डमा धैर्यता छैन भन्ने कुरा पुष्टि भई सकेको थियो । बिस्तारै अब उहाँमा बिभिन्न ब्यक्तिगत स्वर्थ र सौख रहेछ भन्ने कुरा पहिलो पटक उहाँ प्रधानमन्त्री हुँदाको खाट कण्ड, प्रमले चढ्ने सेतो गाडी कण्ड, उहाँ बस्नका लागि बनाइएका लाजिम्पाटको घर कण्ड आदिले उनी सौखिन मानिस रहेछन भन्ने कुरा जनताले थाह पाई सकेका थिए ।

बिस्तारै उहाँका कमजोरी र गल्तीहरु जनता र खास गरी नेकपाका नेता त्यो पनि केपी शर्मा ओली जीले नै थाह पाईसक्नु भएको थियो र नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता नहुन्जेलसम्म प्रचण्डको खनिखेदो खैरो खन्ने केपी ओलीभन्दा ज्यादा अरु कोही थिएन । त्यो दिन भन्दा पहिला केपी ओलीको कुनै पनि भाषण या अन्तर्वार्तामा आधा भन्दा बढी समय प्रचण्ड र माओवादीको खनि खेदो खैरो खन्ने भन्दा अरु थिएन । नपत्याए त्यस बखत उहाँले बोलेका सबै भिडियो खोजेर हेरे हुन्छ । त्यस्तो बिरोधी मानिससँग कसरी पार्टी एकता गरेर सँगै अघि बढ्ने निर्णय गर्नुभो भन्ने सामान्य कुरा नै हो । किनकि यस घुम्तीसम्म आई पुग्दा उहाँले कयौ गल्ती कमजोरीहरु गरिसक्नुभएको छ ।

उहाँले गर्नु भएको अझ गम्भीर गल्ती त लडाकु समायोजन नै हो । समायोजन एक गल्ती थियो । तिनै लडाकु शक्तिबाट गणतन्त्र र संघियता, धर्म निरपेक्षता र नयाँ संबिधान बनेको हो भन्दा अरुलाई बिश्वास नलागे पनि सच्चा इतिहासकार र नेपाली जनताले मान्ने छ । तिनै लडाकु जनताको बलमा प्रचण्डले बिश्व ख्याती पाए, सत्तामा पुग्ने अवसर मिल्यो भन्दा फरक नर्पाला कि ?

पार्टीभित्रका बौद्धिक र त्यागी नेताहरुलाई सहि तरिकाले संगठित गरेर लान नसक्दा माओवादी तितर बितर मात्रै भएन नेपाली जनताको नजरमा प्रचण्ड पतन नै हुँदै गएको हो र पारिवारिक सदस्य र आफ्नै छेउकुनाका मानिसलाई मात्रै अवसर दिने र सधै केही मानिसलाई मात्रै अवसर दिएर राख्दा बाँकी कम्रेडहरुले प्रचण्डका आगन मझेरी खाली गर्दै गएको पत्तो पाएन फलस्वरुप बिप्लब जस्ता क्रान्तिकारी, महोन बैद्य लगाएत सयौ होनहार नेताले प्रचण्डलाई विश्वास गर्न छाडेर छिन्न भिन्न भयो र अन्तिमा प्रचण्ड शाक्ति बिहिन भयो र नेकपा जस्तो बाठो मानिसहरुको सञ्जालमा राजनितिक अवतरण गरे ।

प्रचण्डसँग अहिले कुनै बिकल्प बाँकी छैन उनी दाँत झारेका, नङ्ग्रा कटिएका पिंजडाका बाघ हुन भन्दा अतिसारो नहोला । उहाँले अहिले मौनता अपनाउन सक्नु भएन भने आउँदो दिनहरु झनै मुस्किलका छन । बीचबीचमा ओलीसँग सिगौरी खेल्नु माधाव नेपाल, झलनाथ खनालसँग साउती गर्नु बामदेव गौतम जस्तासँग कानेखुसी गर्नु प्रचण्डका लागि हृदयघाती सम्बन्ध हुन सक्दछ । अहिलेलाई लाटा भएर चुप चाप बसेर सबै कम्रेडहरुसँग खुला र असंलग्न नीति लिएर शक्ति र माइण्ड स्टोर गर्न सक्नु भएन भने प्रचण्डलाई अब झनै ऐठन पर्ने दिन र रातहर म देख्छु । अहिलेका लागि केपी शर्मा ओली ज्युलाई नै प्रधानमन्त्री बन्नु पर्छ र काम गर्न दिनुपर्छ उहाँ भन्दा अन्य बिकल्प नेकपाको लागि झनै घतक हुन सक्दछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

वि.सं.२०८३ जेठ ३ आइतवार ११:२७

शान्ति-सुरक्षा, अमन-चैन कायम राख्न अहोरात्र खट्दै मुलुकमा उत्पन्न हुनसक्ने आन्दोलन,...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...