YouTube Link

नेकपाको स्थायी कमिटी बैठक स्थगित, शीर्ष तहमा विवाद, बैठक असार २२ गते बस्ने

World Cup 2026
Facebook Link

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुरा नमिलेपछि स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।

शनिबार बिहान ११ बजे बोलाइएको बैठक असार २२ गतेसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । उनका अनुसार दुई अध्यक्षबीचमा सहमति भएपछि मात्रै बैठक बस्ने जानकारी दिएका छन् ।

यसअघि मंगलबार बसेको बैठकमा चर्काचर्की बढेको थियो । बुधबार पनि चर्काचर्की भएपछि बैठक आज शनिबारका लागि सारिएको थियो । तर दुई अध्यक्षबीचमा सहमति नभएपछि स्थायी कमिटी बैठक थप दुई दिन पर सारिएको हो । पुष्पकमल दाहाल लगायतका नेताहरुले पार्टी र सरकार सञ्चालनमा ओली असफल भएको भन्दै राजीनामा माग गरेका छन । तर ओलीले राजीनामा नदिने बरु पार्टी फुटाउनै परे तयार हुने भनेपछि कुरा नमिलेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...