अपांगको खुसी ह्वीलचेयरमा..
वि.सं.२०७७ असार २० शनिवार १०:५४
1.1K
shares
काठमाडौं: श्विभर महामारीको रुपमा फैलिरहेको कोभिड –१९ (कोरोना भाइरस) संक्रमणको कारण अहिले विश्व त्रसित बनेको अवस्था छ ।यसबाट हाम्रो जस्तो अविकसित राष्ट्र पनि अछुतो रहन सकेन । कोरोना भाइरसबाट भौतिक क्षति त भएकै छ अर्कोतर्फ यसको प्रत्यक्ष असर भोग्न बाध्य छन्।
निम्न आय भएका, ज्यालादारीमा रोजीरोटि चलाउने मजदुर,विपन्न र अशक्त नागरीक। यिनै समस्यालाई मध्यनजर गर्दै गोकर्णेश्वर नगरपालिका क्षेत्रमा नगरपालिकाको आयोजनामा NRSD सहयोगि संस्थाद्वारा अशक्त ३५ जना नागरीकलाइ ह्वीलचेयर बितरणगरीएको छ । केहि बर्ष देखि निरन्तर सामाजिक कार्यमा तल्लिन हुंदै आइरहेको संस्था NRSD ले गोकर्णेश्वर क्षेत्रमा बसोबास गर्नेअशक्त र अपांग व्यक्ति जो शारीरिक रुपमा अशक्त छन् उनिहरुको पहिचान गरी ह्वीलचेयर प्रदान गरिएको नेपाली कांग्रेस,नेपाल तरुणदलका केन्द्रीय प्रतिनिधि तथा कार्यक्रमका संयोजक श्रीराम चालिसेले बताए ।

राजनीति र सामाजिक कार्यमा सक्रियता देखाउदै आउनुभएका युवा चालिसेले कुनै पनि विपत्तिमा अपांग, अशक्त नागरिक थप पिडीतबन्न नपरोस भन्ने उदेश्यले ह्विलचेयर बितरण गरीएको र यस्ता व्यक्तिका लागि सरकारले पनि विशेष प्याकेज ल्याउनुपर्नेमा जोडदिए ।
त्यस्तै ह्वीलचेयर प्रदान गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले अपागंता भएका व्यक्तिहरुको बिशेष जोखिमलाइआत्मसात गरी संस्थाले गरेको सहयोगले उक्त क्षेत्रका नागरिकलाइ राहत महसूस भएकोमा संस्थालाइ धन्यवाद दिए ।
यैसैगरी समाजिक अभियन्ता तथा NRSD संस्थाका उपाध्यक्ष सुगम भटराईले बिभिन्न परिस्थितीलाइ मध्यनजर गर्दै समाजिक जनचेतनाफैलाउने कार्यमा संस्था र आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । ह्वीलचेयर पाएका अशक्त, अपांगनागरिकहरुले आफ्ना समस्याको पहिचान गरी नगरपालिका र संस्थाले गरेको सहयोग प्रति खुसि व्यक्त गरेका थिए।


वि.सं.२०७७ असार २० शनिवार १०:५४




















