YouTube Link

प्रधानमन्त्री ओलीको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै १७ जनाले मागे प्रधानमन्त्रीको राजीनामा

World Cup 2026
Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बालुवाटारमा आयोजित मदन भण्डारी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा आफूलाई भारतको इसारामा हटाउन लागेको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै नेकपा स्थायी समिति बैठकमा १८ जना नेतामध्ये १७ जनाले प्रधानमन्त्री ओलीको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै राजीनामा मागेका हुन् ।

बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ‘तपाईंबाट पार्टी र सरकार दुवै चल्न सकेन, पार्टीभित्रको मतभेदलाई भारतसँग जोडेकोमा आक्रोश पोख्दै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर पद त्याग गर्नुपर्ने बताएका थिए ।

बैठकमा आक्रोशित रूपमा प्रस्तुत भएका वरिष्ठ नेता झलनाथ खनालले ‘सरकारका नीति तथा कार्यक्रम ल्याउँदा पार्टीलाई छलेर ल्याउनुभयो बजेट ल्याउँदा पनि कसरी वितरण गर्ने भनेर छलफल भएन । पार्टी संगठन सञ्चालन गर्ने कुरामा पनि विधि र नीति मान्नु भएन पार्टी र सरकार दुवै कमजोर भएकाले अब तपाईंले राजीनामा दिनुपर्छ । भन्ने भनाइ राख्दै ओलीबाट पार्टी र सरकार दुवै चल्न नसकेको भन्दै दुवै पदबाट राजीनामा माग गरेको बताए ।

वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीमा अहंकार र स्वैच्छाचारिता बढेको बताउँदै ‘तपाईंमा अहंकार बढेको छ विधि र पद्धतिमा चल्नुभएको छैन, भ्रष्टाचार, गुटबन्दी र अनियमितता बढेको र प्रधानमन्त्री र अध्यक्ष दुवै पद चल्न नसकेकोले अबको निकासका लागि राजीनामा माग गरेका थिए ।

उपाध्यक्ष वामदेव गौतमले निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन दिइएको आरोप लगाए । ‘यो काम प्रधानमन्त्रीकै आदेशमा भएको हो । मसँग प्रमाण छ, ‘छानबिन कमिटी बनाइयोस्, प्रधानमन्त्रीको संलग्नताको प्रमाण म दिन सक्छु भन्दै प्रधानमन्त्रीले सरकार र पार्टी दुवैको नेतृत्व छाड्नुपर्ने माग गर्दै राजीनामा माग गरे ।

बैठकमा बोल्ने अन्य स्थायी समिति सदस्यहरूको बोल्ने शैली फरक भएपनि सबैको आसय प्रधानमन्त्री ओलीको राजीनामा नै थियो । प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सार्वभौमिकतामै प्रश्न उठेको र नेपाली जनताले सार्वभौमसत्ताको प्रयोग गर्छन् कि गर्दैनन् भनेर आशंका गर्ने ठाउँ बनेको बताउँदै प्रधानमन्त्री ओलीबाट सरकार र पार्टी चल्न सक्ने नभएकाले निकासका लागि नैतिकताका आधारमा राजीनामा दिने या पार्टी फोड्ने बाहेक अरू विकल्प नरहेकोले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको एक स्थायी समिति सदस्यले बताए ।

आफ्नो राजीनामाको माग उठेपछि प्रधानमन्त्री ओलीले त्यसको चर्को प्रतिवाद गर्दै ‘अहिलेको समस्या तपाईंहरूको कुण्ठाका कारण आएको हो । जनता र देशको समस्याका कारण होइन,’ तपाईंहरूलाई जसले उचालेको छ, उनीहरूले समस्या छ’ भन्दै ‘म त नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने भनेर आउने महाधिवेशनबाट पार्टी नेतृत्वमा आउँदिनँ र संसदीय निर्वाचन पनि लड्दिनँ भनेको हो । तपाईंहरू किचकिच गर्नुहुन्छ भने म बाँचुञ्जेल चुनाव लड्छु ।’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...