YouTube Link

कृषिप्रधान देशमा हजारौं किसानहरु समस्यामा

World Cup 2026
Facebook Link
vision

नेपालको भूमि त्यस्तो स्वर्ण भूमि हो जहाँ संसारभरका हरेक जिवजन्तु, जिव आत्मा, सुक्ष्म जिवाणु र हरेक किसिमका रुख बोटबिरुवा जडिबुटी साथै सम्पुर्ण वनस्पतीहरुको लागि सबै किसिमको उपयुक्त माटो हावापानी र मौसम वातावरणहरु छन् । अर्कोतिर कुरा गर्ने हो भने नेपालमा करिव १ अर्व ४० करोडभन्दा बढी मानिसका लागि खद्यान्न, तरकारी फलफुलहरु सहजै उत्पादन गर्न सकिने बैज्ञानिक आधारहरु रहेका छन, पृथ्वीका आधा मानिसको लागि पिउने पानी र जडिबुटी पुग्ने देश रहेको छ ।

यो देश प्राकृतिक हिसाबले संसारकै सम्वृद्ध मुलुक हो भन्दा फरक पर्दैन तर बिडम्बना हाम्रो जम्माजम्मी जनसंख्या तीन करोड हाराहारीमा भएतापनि ८० लाख मानिसहरु वैदेशिक रोजगारीका बिदेशिएका छन् । नेपालमा करिव २ करोड २० लाख मानिस बस्दछन र पनि ति २ करोड २० लाख मानिसले उपभोग गर्ने फलफुल, तरकारी लगायत कृर्षिजन्य सामाग्रीहरु झण्डै ७० प्रतिशत जति बिदेशबाट आयात गर्दछौ यो एक लाजमर्दो कुरा हो ।

यहाँ बिज्ञान मर्यो प्रबिधि सेलायो, ज्ञान फुलेन बुद्धिमा डढेलो लाग्यो, देश बिदेशीका षडयन्त्रमा अदृश्य गुलाम बन्दै आयो, अध्यन अनुशन्धान, खोज र सोचको विकास हुन सकेन, बुर्जुवा र अब्यवहारिक शिक्षा लागु गरे, किसान र ब्यवसायिका समस्याहरु सरकाले बुझेन किसानलाई कृषि शिक्षाबाट बन्चित गर्यो । काम नलाग्ने कहि नबिक्ने शिक्षा प्रणालीको विकास गरे । सरकारले किसानका समस्या हैन आफ्नै झोलेमोले कार्यकर्ताको समस्याहरु मात्रै बुझे ।

यस्तो स्वर्णभूमिमा किन कृषि लगायत कुनै आर्थिक गतिबिधिहरु आधुनिक शैलीमा मौलाउन र विकास हुन सकेनन्, किन सधै सबै कुरामा परनिर्भर छौ, किन हाम्रा कृर्षि क्षेत्रले विकासको फड्को मार्न सकेनन, यस्तो स्वर्ण भूमिमा किन यति धेरै अभाव, बेरोजगार र गरिबीहरु छन, किन उन्नति र प्रगतिमा अभागी भयो, किन किसानका जमिन वर्षौ वर्ष बाँझो बन्दै गए ? किन यो देशले हाम्रा श्रोत र सम्पदाको उचित र बैज्ञानिक प्रयोग गरेर कृषि क्षेत्रबाट प्रशस्त रोजगार, ब्यावासाय सृजना गर्न सकेनन ? किन सबै कुरामा पराधिन र परनिर्भर बन्यौ ? किन सम्पुर्ण अर्थतन्तत्रमा पराधिनिता र परनिर्भर हुँदै गयौ र देश झनझन गरिबीको खाडलमा फस्दै गयो ? कृषिमा समेत यति धेरै परनिर्भर हुँदा विश्व सामु सिर निहुराउने परिस्थितिहरु सृजना भए ? र किन बर्षै पिच्छे जुम्लाको स्याउ नबिकेर या बजार नपाएर जुम्लेली किसान रुन्छन ? यस्ता हाजारौ लाखौ समस्या र प्रश्नहरु हामी सबैको मानसपटलमा बारम्बर आउने गर्दछ ।

किनकी यहाँ बिज्ञान मर्यो प्रबिधि सेलायो, ज्ञान फुलेन बुद्धिमा डढेलो लाग्यो, देश बिदेशीका षडयन्त्रमा अदृश्य गुलाम बन्दै आयो, अध्यन अनुशन्धान, खोज र सोचको विकास हुन सकेन, बुर्जुवा र अब्यवहारिक शिक्षा लागु गरे, किसान र ब्यवसायिका समस्याहरु सरकाले बुझेन किसानलाई कृषि शिक्षाबाट बन्चित गर्यो । काम नलाग्ने कहि नबिक्ने शिक्षा प्रणालीको विकास गरे । सरकारले किसानका समस्या हैन आफ्नै झोलेमोले कार्यकर्ताको समस्याहरु मात्रै बुझे, सरकारी अनुदान जति झोलामा र सरकारी संयन्त्र जति भ्रष्टचार र कमिसनमा लिप्त भए, वास्ताविक किसानको समस्या कसैले बुझेनन, कुनै सकारात्मक काम गर्न नसक्ने कानुन र संयन्त्रको बिकास गराए, पराधिन अर्थ निति र संयन्त्रको बिकास गराए । तालिम प्रशिक्षण दिएनन्, किसानहरुलाई सुशिक्षित गरेनन्, बिषादीको प्रचुर प्रयोग गरे ।

माटो मार्यो माटो बिजित तत्व हो भन्ने अझै थाहा भएन । कृषि पेसामा लागानी भन्दा खर्च बढी हुने प्रबृतिको बिकास गरे, योजना तथा गुरुयोजना बनाउन जानेनन्, विज्ञ, बौद्धिक र बैज्ञानिकहरुलाई कुनैपनि क्षेत्रमा संलग्न गरेनन् वा महत्व नै दिएनन् । सधै बिदेशीका कुरा सुने माने र अझै मान्दै सुन्दैछन् यस्को ज्वलन्त उदाहरण एमसीसी र जुम्लाको किासनको विषयहरु इन्टरनेटका सन्चार माध्यममा प्रसस्त हेरे सुने हुन्छ । सरकार जुम्लाको किसानको समस्या सुन्नुको साटो, कोरोनाको समस्या हल गर्नुको साटो, सलह किराको समस्या हल गर्ने बिषयको साटो अमेरिकी सैन्य रणनिति एमसीसीलाई संसदबाटै पास गराएर यो देश अमेरिकाको नवउपनिवेश बनाउनतिर पो जोडदारले लागि परेको देखिन्छ ।

जुम्ला एक हिमाली जिल्ला हो यस ठाँउमा संसारकै उत्कृष्ट स्याउ उत्पादन हुन्छ र त्यहाँका किसानहरुले आफ्नै बलबुतोले भ्याएसम्म स्याउ खेती मरितरि गरिरहेका छन् र यहाँका जनताको मुख्य पेशा र आम्दानीको श्रोत नै स्याउ खेती हो । यहाँका स्याउहरु अन्य देशबाट आयात हुने भन्दा उच्च गुणस्तरको मानिन्छ तर राज्य संयन्त्रले हुर्काएको मौलाएका दलाल, ब्यापारीहरुले सित्तैको मुल्यमा माग्दाखेरी लगानी पनि नउठ्ने अवस्था सिर्जना हुँदा जुम्लाका किसानहरुले स्याउको बजार र बजार मुल्य नपाउँदा रुनु परेको परिस्थिति छ ।

यहाँका किसानहरुले भोग्नु परेको थुप्रै समस्याहरु मध्य अहिले उत्पादन भइरहेको स्याउको मुल्य र बजार नपाउनु पनि एक प्रमुख समस्या हो । यस परिस्थितिमा सरकारले न कुनै अनुदान दिन्छ, न बजार भाउ निर्धारण गर्छ, न कुनै बजार संयन्त्र विकास गर्छ, जुनै सरकार आएपनि चासो समेत दिँदैन अनि कसरी हुन्छ त देशमा कृषि क्षेत्रको बिकास ? कसरी सृजना हुन्छ त रोजगार, कसरी हुन्छ त गरिबी निवारण ? कसरी आत्मनिर्भर हुन्छ त देश ? अहिले त स्थानिय सरकार छ, प्रादेशिक सरकार छन, केन्द्र सरकार छ भनेपछि कृषि बजार मुल्य तोक्न, किसानलाई सहयोग गर्ने संयन्त्र बनाउन, बिदेशी स्याउको केही निर्यात रोक्न कस्ले छेकेको छ ? कस्ले रोकेको छ । खाली योजना मात्रै बनाउने रणनीति नबनाउने योजना पनि कागजमा मात्रै सिमित गर्ने किसान र ब्यावासायिलाई दुख दिने अनेक कानुन मात्रै बनाएर देशको बिकास कसरी होला र ? किसानका समस्या कहिले कसरी हल होलान ? देशले काचुली कसरी फेर्ला क्रान्तिकारी मानिने घनस्याम भुसाल जस्तो कृषि मन्त्री हुँदा त यस्तो हालत अरु बेला के होला ?

जुम्लाका किसानका मात्रै समस्या हैन आज देशमा यस्ता हाजारौ समस्याहरु छन । वास्तविक किसानले कहिल्यै राहत र सहयोग पाएनन् सरकार नानाभाति कानुन मात्रै बनाएर बस्छ । निजि क्षेत्र र किसानलाई प्रोत्साहन गर्ने कुनै कार्यक्रमहरु प्रभावकारी बनाउदैन खाली भाषण र भ्रष्टचारमा लिप्त छन् । कतिपय अवस्थामा किसान भन्द छन् यस्ता सरकारबाट केही होलाकि भन्ने आश राख्नै बेकार छ, जुन जोगी आएपनि कानै चिरेको भने झै यो देश दिनानुदिन झनझन समस्या बेरोजगारी र गरिबी को खाडलमा फसिरहन्छ ।

यसरी त हुदैन, यसरी त देश बन्दैन अब पनि सरकारले र यि राजनितिक पार्टीहरुले सहि तरिकाले, बैज्ञानिक तरिकाले अघि नबढे जनताले बैकल्पिक शक्तिको खोजी गर्नै पर्छ । अन्य बिकासित देशका ज्ञान बिज्ञान र प्रबिधि आज कहाँबाट कहाँ पुग्यो तर हाम्रो देशमा भने कुनै किसान बजार नपाएर रुँदै छन, कुनै किसान तरकारी बारीमा डोजर चलाउँछन, कुनै किसान तरकारी खाल्डो पुरेर गाड्छन, कुनै किसान दुध बाटोमा, खोलामा पोखाउँछन् तर ब्यापारी र सरकार भने सबै कुरा बिदेशबाट मात्रै ल्याउछन् ।

सरकारले कुनै प्रबिधिको सहयोग गर्दैन, संयन्त्र निर्माण गर्दैन, बनायो भनेपनि आफ्नै झोलेमोले र आफन्त दलालहरुको संयन्त्र बनाउँछन् र देशलाई सधै परनिर्भर बनाई राख्दछन् । घनस्याम भुषाल ज्यु तपाई जस्तो युवामन्त्री हुँदा, तपाई जस्तो क्रान्तिकारी सोचको मन्त्री हुँदा पनि किसानले रुने नियती भोग्नुपर्ने माननीय मन्त्री ज्यु केही गर्नुहोस, प्रदेश र स्थानिय सरकारलाई निर्देशन दिएर जुम्लाका किसानका स्याउको बाजर मुल्य तोकिदिनु, बजारसम्म पुर्याएर ति स्याउहरु बिक्ने अवस्था सृजना गरिदिनु र जुम्लेली किसानको आर्शिवाद लिनुस् ।

यस्ता तिता यर्थातहरु कति छन् कति बिडम्बना नै बिडम्बना, समस्या नै समस्याले जेलिएको देश । जुम्लाको स्याउ कुहिएर फाल्दै बिदेशी, बिषादी स्याउको बहुमुल्य बजार अनि के यसरी हुन्छ त कृर्षिक्रान्ति ?

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

वि.सं.२०८३ जेठ ३ आइतवार ११:२७

शान्ति-सुरक्षा, अमन-चैन कायम राख्न अहोरात्र खट्दै मुलुकमा उत्पन्न हुनसक्ने आन्दोलन,...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...