सिरि ए फुटबलमा युभेन्ट्सको शानदार जित
वि.सं.२०७७ असार १७ बुधवार ०९:३४
1.2K
shares
एजेन्सीः सिरि ए फुटबलमा युभेन्ट्सले सानदार जित निकालेको छ । मंगलबार राति घरेलु टोली जेनोआबिरुद्ध युभेन्ट्सले ३–१ गोल अन्तरले जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा पाउलो ड्याबालाले ५०औं मिनेटमा युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । उनले एकल प्रयासमा गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका थिए ।
त्यसको ६ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । उनले यस सिजन सिरि एमा २४ गोल पुरा गरिसकेका छन् । ड्युगलस कोस्टाले ७३औ मिनेटमा टोलीलाई ३–० ले अघि बढाए । घरेलु टोलीका लागि एन्ड्रिया पिनामोन्टीले ७६ औं मिनेटमा एक गोल फर्काएका थिए ।
युभेन्ट्सबाट २५ गोलको कीर्तिमान बराबरी गर्न रोनाल्डो मात्र एक गोलले पछि परेका छन् । सन् १९६०–६१ म ओमार सिभोरीले युभेन्ट्सबाट सर्वाधिक २५ गोलको कीर्तिमान बनाएका थिए । शीर्ष स्थानको युभेन्ट्सले ७२ अंक जाड्यो । उसले दोस्रो स्थानको लाजियोसंग स्पष्ट ४ अंकको अग्रता लिएको छ ।
वि.सं.२०७७ असार १७ बुधवार ०९:३४




















