YouTube Link

अमेरिका, बेलायत र अस्ट्रेलियामा फेरि लकडाउन घोषणा, विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५ लाख नाघ्यो

World Cup 2026
Facebook Link

एजेन्सीः विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५ लाख ८५ हजार १ सय ५२ पुगेको छ । तीमध्ये ५७ लाख ९५ हजार ९ जना उपचारपछि निको भएका छन् भने ५ लाख १३ हजार ९ सय १३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख १९ हजार ५० जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये सबैभन्दा धेरै अमेरिकामा २७ हजार चार, भारतमा १८ हजार २ सय ५६, ब्राजीलमा १३ हजार १ सय ९० र दक्षिण अफ्रिकामा ६ हजार ९ सय ४५ जना संक्रमित भएका छन् । ती मध्ये सबैभन्दा धेरैको मृत्यु ब्राजिलमा भएको छ । ब्राजिलमा एक दिनमा ५ सय ४२ जनाले ज्यान गुमाएका छन् । भारतमा ५ सय ६ जनाको मृत्यु भएको छ भने अमेरिकामा ५ सय ३ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् ।

यसैबीच कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि अमेरिका, बेलायत र अस्ट्रेलियाका केही स्थानमा पुन लकडाउन गर्न थालिएको छ । अमेरिकाको एरिजोनामा सरकारले बार, जिमखाना, सिनेमा थिएटर र वाटर पार्कमा ३० दिनका लागि पुन लकडाउन घोषणा गरेका छ ।

एरिजोनामा अहिलेसम्म ७६ हजार ९ सय ८७ जना संक्रमित भेटिएका छन् । तीमध्ये १ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ । फ्लोरिडाले पनि दक्षिणी समुद्र तटमा जान ४ जुलाई सम्म रोक लगाएको छ । टेनेसीमा २९ अगस्टसम्म संकटकाल बढाइएको छ ।

बेलायतको लिसेस्टर सहरमा फेरि लकडाउन घोषणा गरिएको छ । यहाँका अत्यावश्यक बाहेकका सबै सेवा र स्कुल बन्द गरिएको छ । लिसेस्टरमा एक हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने २ सय ७१ जनाको मृत्यु भएको छ ।

अस्ट्रेलियको मेलबर्न सहरमा ३२ उपनगरमा फेरि एक महिना लामो लकडाउन घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय उडानलाई मेलबर्न आउनलाई रोकिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...