दोहा बैंकबाट ल्यायो लक्ष्मी बैंकले २० मिलियन अमेरिकी डलर बराबरको ऋण
वि.सं.२०७७ असार ७ आइतवार २३:२९
1.2K
shares
काठमाडौं: लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट ३ वर्षका लागि २० मिलियन अमेरिकी डलर बराबरको बैदेशिक मुद्रामा ऋण प्राप्त गरेको छ । २०७७ साल, बैशाख १५ गते लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात सो ऋण रकम प्राप्त भएको हो । सो रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न बैंकलाई थप स्रोत प्राप्त भएको छ ।
वि.सं.२०७७ असार ७ आइतवार २३:२९




















