YouTube Link

नेपाली शिक्षा इतिहासमा नक्षत्र बनेर उदाएकी अग्रणी शिक्षाविद् अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन

Facebook Link

काठमाडौं: शिक्षाविद् अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । लामो समयदेखि क्यान्सरसँग लड्दै आएकी उनको बाँसबाँरीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । छातीमा देखिएको संक्रमणका कारण तीन सातादेखि उनी न्युरो अस्पतालमा उपचाररत थिइन् ।

जन्मदैं थ्यालिसयमिया माइनरबाट ग्रसित, अध्ययनका लागी जीवनमा नै कहिल्यै विद्यालय नटेके पनि नेपालको पहिलो महिला क्याम्पस प्रमुख हुँदै नेपाली शिक्षा इतिहासमा नक्षत्र बनेर उदाएकी अग्रणी शिक्षाविद् तथा अभियन्ता जोशी आजबाट सदाको लागि अस्ताएको छ । जन्मदै रोग लिएर जन्मेकी जोशीले क्यान्सर जस्तो प्राणघातक रोगलाई दुईपट सम्म परास्त गरेपनि मृत्युलाई भने पन्छाउन सकेनन् ।

घाँटीमा लागेको क्यान्सर फाल्दा अनुहार बांगिए पनि उनका यात्राहरु शिक्षाबाट भने बाहिरिन पाएनन् । ऐनामा अनुहार हैन मन हेर्नुपर्छ भन्ने जोसी २०१९ मा पहिलो पटक पद्मकन्या क्याम्पसको प्रमुख हुदैँ नेपाली इतिहासमा पहिलो पटक क्याम्पस प्रमुखको रुपमा आफ्नो नाम लेखाउन सफल भएकी थिइन । अनवरत शिक्षण पेशामा सामेल भएकी जोशीले स्वयम राजाले हाजिर गर्न पठाएको शिक्षकलाई हाजिर गर्न नदिएर शिक्षामा राजनीति शैह्य नहुने प्रतिज्ञा गरेकी थिइन् ।

कहिलै विद्यालय नगएकी जोशीले सन १९४८ मा श्रीमानसँगै एसएलसी दिइन् । महिला विद्यालय जान हुँदैन भन्ने मान्यता राख्ने उक्त समाजमा उनीसँगै साहना प्रधान, साधना प्रधान, भुवनराज्यलक्ष्मी राणा सहभागी भएका थिए । एसएलसी पश्चात विज्ञान अध्ययन गर्न त्रिचन्द कलेज भर्ना भएपनि श्रीमानले मात्र भर्ना पाएपछि प्राइभेट पढेर सरस्वती सदनबाट आइएको परिक्षा पास गरिन् । १८ बर्षसम्म अध्यापन गरेकी जोशीले जीवनका पिडालाई पुस्तकको रुप प्रदान गरिन र उनको जीवनबाट धेरैले पाठ सिक्न पाए । उनले क्यान्सर- बरदान र वृद्धा अवस्था – जीवनको श्रीपेच पुस्तक प्रकाशन गरेकी छिन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...