YouTube Link

नेपाल-भारत सिमा जोड्ने जोगबनी भन्सार नाकामा लकडाउनपछि नेपाली वस्तु निर्यातमा अघोषित रुपमा बन्देज

Facebook Link

काठमाडौं: भारतले अघोषित रुपमा नेपाली वस्तु निर्यातमा बन्देज लगाउन थालेको छ । नेपाल र भारतको सिमा जोड्ने भन्सार जोगबनी नाका र सोभन्दा पूर्वका नाकामा भारतले नेपाली वस्तु निर्यातमा अवरोध गरिरहेको छ ।

विशेषतः भारतले नेपालबाट निर्यात हुने पाम आयल, चिया, अलैँची लगायतको वस्तुमा बन्देज लगाएको हो । भारतले विदेशबाट पाम आयल आयात प्रतिबन्ध लगाए पनि नेपाललाई भने खुल्ला गरेको थियो । तर वैशाखदेखि नेपालबाट भारतले पाम आयल प्रवेश गर्न दिएको छैन । लकडाउनपछि भारतले नेपाली वस्तु निर्यातमा समस्या खडा गर्न थालेको हो । वैशाखको अन्तिम हप्तादेखि नेपालको पाम आयल भारत छिर्न दिइएको छैन । त्यही बेलादेखि भारतले नेपालको चिया निर्यातलाई पनि अवरोध गर्दै आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, अहिले अलैँचीमा पनि अवरोध गरेको छ ।

नेपाली वस्तु निर्यातमा भारतले अवरोध गरेको गुनासो भन्सार विभागबाट अर्थ मन्त्रालय हुँदै वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्म आएको एक अधिकारीले बताए । यी सामान बोकेका करिब ३० वटा ट्रक गत सातादेखि मेची भन्सारमा रोकिएको उनले बताए । भारतको भन्सारले पास नगरेपछि मेची नाका तथा जोगबानीमा चिया अलैँची, अम्रिसो लगायतका वस्तु रोकिएका छन् ।

पाम आयल र चिया निर्यातमा गरिएको अवरोधबारे वैशाखमै वाणिज्य मन्त्रालयले परराष्ट्र मार्फत भारतको केन्द्र सरकारलाई पत्र पठाएको छ । सो समस्या समाधान गर्न दिल्लीस्थित नेपाली दूतावासलाई समेत खबर गरिसकिएको मन्त्रालयको भनाइ छ । भारतको केन्द्र सरकारकै निर्देशनमा चाहिँ सो अवरोध नभएको हुनसक्ने वाणिज्य मन्त्रालयको आँकलन छ ।

नेपालले वर्षमा करिब सवा खर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गर्छ । जसमा २० अर्बभन्दा बढीको हिस्सा पाम आयलले ओगटेको छ । त्यस्तै, अलैँची ४ अर्ब र चिया ३ अर्बको निर्यात हुने गर्छ । यी नेपालका मुख्य निर्यातजन्य वस्तु हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...