गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ८,३३२ पुग्यो
वि.सं.२०७७ असार ६ शनिवार ११:५५
1.7K
shares
पोखराः गण्डकी प्रदेशका ७ जिल्लामा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या ४ सय ३८ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित सबै सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेका बताइएको छ । नेपालभर भने ८ हजार ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।
तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २ र स्याङ्जामा १ जनामा संक्रमण पुष्टि भएको हो । यसैबीच कास्कीको मादी गाउँपालिकामा ट्राभल हिस्ट्री बिना नै १९ महिनाका शिशु कोरोना संक्रमित भएको पुष्टि भएको छ । भारतमा रहेका शिशुबा बाबु केही दिनअघि स्वदेश पर्किएर क्वारेन्टिनमा बस्दै आएको र आमा पनि लकडाउनपछि गाउँ नछोडेपनि शिशुलाई कोरोना भएको गाउँपालिकाले जनाएको छ ।
वि.सं.२०७७ असार ६ शनिवार ११:५५



















