YouTube Link

ला लिगामा रियल मड्रिडको सहज जित, बार्सिलोनासँगको अंक दुरी २ मा झर्यो

World Cup 2026
Facebook Link

एजेन्सीः स्पेनिस ला लिगामा रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित निकालेको छ । बिहिबार राति भएको खेलमा रियलले भ्यालेन्सियामाथि ३–० को जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफमा रियल गोल थपेको हो । बेन्जिमाले ६१औं मिनेटमा रियललाई अग्रता दिलाएका थिए । ईडेन हजार्डले उपलब्ध गराएको पासमा बेन्जिमाले रियललाई अग्रता दिलाएका थिए ।

मार्को एसेन्सियोले ७४औ मिनेटमा रियलको अग्रता दोब्बर बनाउने काम गरे । ८६ औं मिनेटमा बेन्जिमाले भलीमार्फत ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई सहज जित दिलाए । यससँगै बेन्जिमा रियालका लागि सर्वाधिक गोल गर्ने पाँचौ खेलाडी सिमेत बनेका छन् । उनको कुल गोल संख्या २ सय ४३ पुगेको छ । रियालका लागि सबैभन्दा बढी गोल गर्नेको पहिलो नम्बरमा ४ सय ५० गोलका साथ क्रिष्टियानो रोनाल्डो छन् भने दोश्रो नम्बरमा ३ सय ४३ गोल गर्ने राउल छन् । यस्तै तेश्रो नम्बरमा ३ सय ८ गोल सहित अल्फ्रेडो डी स्टेफानो छन् भने चौथोमा २ सय ९० गोल संख्याका साथ सान्टिलान्ना छन् ।

जितसँगै रियालले लिगको शिर्ष स्थनमा आसिन बार्सिलोनासँगको अंक दुरी २ मा झारेको छ । बार्सिलोनाको २९ खेलमा ६२ अंक छ भने रियलको समान खेलमा ६२ अंक भएको छ । यस्तै हार ब्यवहोरेको भ्यालेनिसयाको समान खेलमा ४३ अंक सहित ८औं स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...