YouTube Link

कोरोना संक्रमणका कारण नेपालमा थप २ जनाको मृत्यु, मृतकको संख्या २२ पुग्यो, एकै दिन थपिए ६७१ संक्रमित

Facebook Link

काठमाडौं: नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनको कोरोना परीक्षणमा पोजेटिभ देखिएको छ । त्यसैगरी कैलालीको लम्कीचुहाकी ४३ वर्षकी महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो । गहन किसिमको टाउकोको चोटका कारण उपचार गराइरहेकी उनको हिजो मृत्यु भए पनि कोरोना परीक्षणको रिपोर्ट भने आज आएको हो । उनको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच नेपालमा विहीबार थप ६ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ७ हजार ८ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमित मध्ये ८० जना महिला र ५ सय ९१ जना पुरुष रहेका छन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४६ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको थियो । डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका २ जना महिला र मोरङकी एकजना महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ११ जना महिला र ३१ पुरुष, बैतडीका २ महिला र २३ पुरुष, बाजुराका १५ महिला र २६ पुरुष, भक्तपुरका एक महिला र २ जना पुरुष, डडेल्धुराका ७ महिला र ७७ पुरुष, कैलालीका २ महिला र १९ पुरुष, कपिलवस्तुका २ महिला र १४ जना पुरुष, काठमाडौंका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी नुवाकोटाका २ जना पुरुष, रौतहटकी एक महिला र ३३ पुरुष, रुपन्देहीका ३ जना पुरुष, सर्लाहीका २ जना पुरुष, सिन्धुपाल्चोकका एकजना, ललितपुरका एकजना, नवलपरासीका एकजना र महोत्तरीका एकजना पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्ताल टेकुमा गरिएको परीक्षणमा सिन्धुलीकी एक महिला, भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्वतका एकजना महिला र ४ जना पुरुष, चितवका एकजना पुरुष, नवलपरासी पूर्वका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २९ जना पुरुष, बाग्लुङका एकजना पुरुष, मनाङका एकजना पुरुष, नवलपरासी पूर्वका ३० जना पुरुष, स्याङ्जामा २ जना महिला र ७ जना पुरुष, पर्वतका ४ जना पुरुष, तनहुँका १५ जना पुरुष, गोरखाका एक महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ महिला र एक पुरुष, कपिलवस्तुका एकजना पुरुष, पाल्पाका ६ जना पुरुष, रुपन्देहीका २ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै रोल्पाका एकजना पुरुष, नवलपरासीका एकजना पुरुष र अर्घाखाँचीका ६ महिला र ९१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ३ पुरुष, बर्दियाका एक महिला र २ पुरुष, कैलालीका एकजना महिला र दैलेखका एकजना महिलामा पनि संक्रमण पुष्टि भएको छ । यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ४ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका ६ जना महिला र ८० जना पुरुष, सुर्खेतका ८ जना महिला र २६ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यसैगरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका २ जना पुरुष, बझाङका एकजना महिला र एकजना पुरुष,कञ्चनपुरका २ जना पुरुष, कैलालीका एकजना महिला र १९ पुरुष, डोटीका ५ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११८६ पुगेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४३

काठमाडौं: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेपछि सिटिजन्स बैंक...